• २२ वैशाख २०८१, शनिबार

नयाँ वर्षको अवसरमा ‘छैटौँ मुन्दुम ट्रेल रेस’ सञ्चालन

blog

गोकुल भुजेल
भोजपुर, चैत २८ गते ।
नयाँ वर्षको अवसरमा भोजपुरमा छैटौँ संस्करणको मुन्दुम ट्रेल रेस २०२४ सञ्चालन हुने भएको छ ।टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा रिमाचुङ स्र्पोटस एण्ड एकेडेमी संस्थाको आयोजनामा भोजपुरको बाघ खोरदेखि चखेवा सम्म ४० किलोमिटर रेस प्रतियोगिता सञ्चालन हुने भएको हो ।

रेस भोजपुर नगरपालिका–४ बाघ खोर बाट सुरु भई टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्जयांगमा समापन हुनेछ । प्रतियोगिता चखेवा, टेम्केडाडाँ, मुन्दुम ट्रेल रेस क्षेत्रलाई धार्मिक, सास्कृतीक तथा पर्यटकीय क्षेत्रमा देश, विदेश सहित विश्वमाझ चिनाई उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा आर्मी सहित १० जिल्लाका खेलाडीहरू खुल्ला पुरुष तर्फ ९९ जना, खुल्ला महिला ३६ जना र ४० प्लस पुरुष तर्फ १२ जना, महिला ३ जना गरी कुल  १५० जना खेलाडीहरू सहभागी हुने भएका छन् ।

रेसमा महिला तथा पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप, दोस्रो रनर अप र चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद रु ३५ हजार, २५ हजार, १५ हजार र ५ हजार प्रदान गरिने छ ।  भने भ्याट्रन महिला, पुरुष विद्या तर्फ विजयी, प्रथम रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५ हजार, ८ हजार, ५ हजार नगद सहित विजयी सबैलाई प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने आयोजक संस्थाका सचिव संग्राम राईले जानकारी दिनुभयो ।

यसअघि सञ्चालित संस्करणका खेलाडीहरू उमेश राई, प्रतिभा श्रेष्ठ, हिरामान तामाङ, राम बहादुर गुरुङ लगायत अन्य खेलाडीहरूले देशका विभिन्न क्षेत्रमा सञ्चालन हुने रेस प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।