पाँचथरमा याङनाम गोल्ड कपको तयारी
दोस्रो संस्करणको याङनाम गोल्ड कप चैत २७ देखि वैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ।
तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण धनकुटामा सुरु भएको छ ।
खोटाङमा रक क्लाइम्बिङ सफल परीक्षण
खोटाङको मझुवाभिरमा रक क्लाइम्बिङ सफल परीक्षण गरिएको छ ।
सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु
जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।
फालेलुङमा ७ औँँ चौँरी महोत्सवको तयारी
पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव आयोजना हुने भएको छ ।
सुनसरीको भुटाहा तनावग्रस्त, ५१ राउण्डभन्दा बढी हवाई फायर
प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
पैदल मार्गको प्रयोग गरी लागूऔषध ओसारपसार गरिँदै
जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागूऔषध ओसारपसार गर्न थालेका छन् । जिल्ला बाहिरबाट लागुऔषध कारोबार हुने गरेकाले नियन्त्रणका लागि प्रहरीले सीमानाकामा सवारीसाधन चेकजाँचलाई बढाएको थियो ।
मेची-महाकाली पैदल यात्रा सुरु
‘प्रति व्यक्ति ८ बिरुवा रोपौं, प्रकृतिबाट लिएको उधारो तिरौं’ भन्दै झापाका ४ जना युवाले पर्यावरण संरक्षणको निम्ति जागरण अभियान घोषणा गर्दै मेची-महाकाली पैदल यात्रा सुरु गरेका छन् ।
हरिनगरामा झडप, दुई घाइते
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटानले शुक्रबार विहानदेखि यहाँ तनाव उत्पन्न भएको छ । झडपमा दुई जना युवा घाइते भएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिकामा कर्फ्यु
सुनसरीको सीमावर्ती हरिनगरा गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयलले बिहीबार भएको एक युवामाथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रदर्शनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।
८४ अघि नै वाम एकता हुन्छ: खनाल
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले २०८४ साल अघि नै नेपालका बाम शक्ति बिच एकता हुने बताउनु भएको छ ।
सामाजिक सुरक्षा कोषको सुविधा क्षेत्र विस्तार गर्न सुझाव
सामाजिक सुरक्षा कोषमा भएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य सदस्यलाई पनि समेट्न रोजगारदाताहरुले सुझाव दिएका छन् ।
प्रदेशसभा खारेज गर्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन
देशलाई पुनःसंरचना गरेर ल्याइएको व्यवस्थाले देशलाई आर्थिक नोक्सान भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सभा खारेज गर्नु उत्तम हुने बताउनुभएको छ ।
धरानमा फस्टाउँदै सुकुटीको व्यापार
धरानको मुख्य बजार भानुचोकबाट पूर्वतर्फको निकेतन गल्लीमा लस्करै राँगाको सुकुटी बेच्न राखिएको हुन्छ । मासुका पारखी टाढाबाट यहाँ सुकुटी किन्न आइपुग्छन् ।
खाँदबारी-किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो
राष्ट्रिय गौरवको किमाथाङ्का-खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का-खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोल्ने काम सम्पन्न गरेको छ ।
ग्रामथान संरक्षणमा राज्य गम्भीर नभएको गुनासो
ऐतिहासिक धार्मिक महत्त्व बोकेको ग्रामथान संरक्षणमा राज्य गम्भीर नभएका कारण ग्रामथान जोखिममा परेको थारु समुदायका अगुवाले गुनासो गरेका छन्।
एसइईमा मोबाइलको प्रयोग गर्ने विद्यार्थी निष्कासित
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोर्ने खोटाङमा तीन जना विद्यार्थीलाई निष्कासन गरिएको छ ।
षडानन्दको खकुवा खोलामा झोलुङ्गे पुल
फड्केबाट जोखिम मोलेर खोला तर्दै आएका षडानन्द नगरपालिका स्थानीय झोलुङ्गे पुल बनेपछि खुसी भएका छन् । षडानन्द-७ र ११ लाई जोडने खकुवा खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।
इलाम–२ मा नमुना निर्वाचन गर्छौं : आयुक्त तुलाधर
आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र –२ को उपनिर्वाचनलाई निर्वाचन आयोगले नमुना निर्वाचन गर्ने भएको छ ।
मोरङका बचत ऋण सहकारीमा शृङ्खलाबद्ध चोरी
मोरङमा पुस यता लगातार सहकारी संस्था चोरी भइरहेका छन् । बुधबार राति बेलबारी–१० नारायणचौकको झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर सहकारीकोे ३५ हजार पाँच सय रुपियाँ चोरी भएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई भत्ता वितरण
झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ ।
‘सहकारी क्षेत्र तहसनहस बनाउने षड्यन्त्र’
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी क्षेत्र तहसनहस बनाउन षड्यन्त्र भइरहेको भन्दै यसबाट जोगिएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।