काठमाडौँ, वैशाख ११ गते । एपीएफ क्लब र नेपाल आर्मी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५–१९, २५–१५ र २५–१० को सोझो सेटमा हरायो । एपीएफकी पूजा चौधरी ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो ।
समूह ‘ए’ कै अर्को लिगमा आर्मीले एभरेष्टलाई नै सीधा सेटमा २५–१६, २५–१८ र २५–१७ ले हरायो । आर्मीकी सोफिया पुन ‘प्लेयर अफ दी म्याच’ बन्नुभयो ।
तीन टोली रहेको यो समूहमा लगातार दोस्रो हारसँगै एभरेष्ट प्रतियोगिताबाट बाहिरिएको छ । दोस्रो जितसँगै एपीएफ समूह विजेता र आर्मी उपविजेता बनेको हो । सेमिफाइनलमा आर्मीले पुलिस र एपीएफले न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्नेछ ।