• १३ साउन २०८१, आइतबार

स्थानीय कृषकलाई सामग्री प्रयोगसम्बन्धी तालिम

blog

सुन्तला वगानमै प्रयोगात्मक तालिमसहित सामग्री वितरण गरिदै । तस्विरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, चैत २३ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय कृषकलाई सामग्री प्रयोगसम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ । परियोजना कार्यान्वयन इकाई तेह्रथुम सुन्तला जोन, धनकुटाले सुन्तला जात फलफुल बगैचा व्यावस्थापन कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरेको हो । 

साँगुरीगढी गाउँपालिका –३ स्थित मिर्मिरे माझगाउँ वहुउद्देश्यीय कृषक समूहका सुन्तला कृषकलाई सुन्तला जोन धनकुटाका प्रमुख धर्म कटुवालले शहजीकरण गर्नुभयो । सुन्तला बगैँचा ब्यवस्थापन कार्यक्रम तालिममा सुन्तला काँटछाटका लागि आवश्यक ज्ञान प्रदान गरिएको सहभागी कृषकको भनाइ छ । तालिममा किटनासक एसिटामिप्रड, ईमामेक्टिन बेन्जोएड, ढुसिनासक हेक्जाकोनोजल सुटिमोल्डका लागि सर्भो वा खनिज तेल क्याङ्करका लागि किङ ब्याक्ट भिटामिनमा एक्सिलेन्ट क्याल्सियम बोरन तथा स्वयल कन्डिसनर लगायतका सामग्रीहरूको प्रयोग गर्ने तरिकाबारे जानकारी गराइएको सुन्तला जोन धनकुटाका प्रमुख धर्म कटुवालले जानकारी दिनुभयो । 

उहाँले सुन्तला वगानमा उक्त सामग्री प्रयोग गर्नुपर्ने कारण र विधिबारेमा स्थलगत प्रयोगात्मक तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा साँगुरीगढी गाउँपालिका ३ स्थित मिर्मिरे माझगाउँ वहुउद्देश्यीय कृषक समुहका २७ घरपरिवारका सुन्तला कृषक लाभान्वित भएका छन् । धनकुटास्थित सुन्तला किसानलाई सुन्तला उत्पादनमा सहज होस् र सुन्तला उत्पादन राम्रो र गुणस्तर बनाइ सुन्तलाबाटै धनकुटालाई चिनाउन रोग किरा नियन्त्रणका लागि विषादि, भिटामिन मलखादलगायतका सामग्री वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ तेह्रथुमका प्रमुख डा. सन्जयकुमार यादवले बताउनुभयो ।