पच्चिस देशमा पुग्छ नेपाली छुर्पी
दुग्धजन्य उत्पादन विदेश निर्यात समस्याका रूपमा देखिएको खोरेत रोग नियन्त्रण गर्न कोशी प्रदेश सरकारले रणनीतिक योजना अगाडि सार्ने तयारी गरेको छ । पशुमा देखिने भाइरसजन्य खोरेत रोग नियन्त्रण गर्न प्रदेश सरकारले विशेष क्षेत्र बनाएर अभियान सुरु गर्ने तयारी गरेको छ । खोरेत रोगबाट बर्सेनि हजारौँ पशु सङ्क्रमित हुने र त्यसले मानव जीवनमा समेत असर गर्ने भएकाले खोरेत सङ्क्रमित पशुको दुध र त्यसबाट उत्पादित वस्तुलाई स्वस्थकर मानिँदैन । त्यस्ता वस्तुको निर्यातले रोगको प्रसार हुन सक्ने भएकाले विकसित मुलुकहरू बढी संवेदनशील हुँदा नेपालबाट दुधजन्य वस्तुको निर्यातमा बाधा पुगिरहेको छ ।
खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व
सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।
कुकुरको आक्रमणबाट ६ जना घाइते
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट ६ जना घाइते भएका छन् । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित ६ जनालाई घाइते बनाएको हो ।
शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ ।
विपद् व्यवस्थापनमा विश्व बैङ्कले सहकार्य गर्ने
ताप्लेजुङको मैवाखोला गाउँपालिकासँग विश्व बैङ्कले विपद् व्यवस्थापनको कार्यमा साझेदारी गर्ने भएको छ । गत वर्ष बर्खा मौसममा निकै ठुलो विपद्को सामना गरेको गाउँपालिकासँग विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणको कार्यमा बैङ्कले साझेदारी गर्ने भएको हो ।
रोङ गाउँपालिकामा तीतेपाती खेती गरिँदै
कृषि क्षेत्रको व्यावसायिकता लागको इलामको रोङ गाउँपालिकाले तीतेपाती खेती बिस्तार गर्ने भएको छ । किसानलाई बाँदर, बँदेल लगायतका वन्यजन्तुले दुःख दिइरहेको बेला गाउँपालिकाले अन्य खेतीको विकल्पका रूपमा व्यावसायिक पाती खेती गर्न लागेको हो ।
नवजात शिशुको शव फेला
धनकुटाको महालक्ष्मी नगरपालिकामा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । महालक्ष्मी नगरपालिका–९ सिद्धकाली टोलमा सिधुवा जितपुर सडकखण्ड नजिकै करिब ४ महिनाको शिशुको शव फेला परेको हो ।
एमाले पाँचथर नेतृत्व चयनका लागि मतदान सकियो
पाँचथर-नेपाल कम्युनिष्ट पार्टी एमाले पाँचथरको नवौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । उपाध्यक्ष र उप-सचिव सहित पाँच जना खुल्ला सदस्य पदमा सहमति नजुटेपछि मतदान गरिएको हो ।
निःसन्तानको समस्या बढ्दै
बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरूले औँल्याएका छन् ।
व्याकुल माइला प्रतिष्ठानको काम अधुरो
राष्ट्रिय गानका सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) को नामबाट स्थापना गरिएको व्याकुल माइला प्रतिष्ठानको काम अधुरो छ ।
फूल व्यवसायीबाट वार्षिक २० लाखसम्म आम्दानी
धरान उपमहानगरपालिका पूर्वको सुन्दर नगरीको रूपमा परिचित छ । यहाँ फूल नरोप्ने घर कमै पर्दछ । हरेक घरमा करेसाबारी होस् या नहोस् तर फूलबारी हुने गर्दछ ।
इलाम–२ मा चुनावी सरगर्मी
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ ।
मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका-६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्नुभएको छ ।
इलाममा ‘अन्तु पर्यटन महोत्सव’
स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव-२०८१’ को आयोजना हुने भएको हो ।
किच्चकवधमा भेटियो दरबारको ऐतिहासिक भग्नावशेष
झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकवधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो ।
अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न पहल
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा प्रवेशद्वार अघि रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल सुरु गरिएको छ ।
इलाममा चियाको पहिलो टिपाइ सुरु
चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा ‘फस्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइको काम सुरु भएको छ । वर्षेभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीहरूले विशेष महत्वका साथ लिने गरेका छन् ।
नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको हो ।
डोकोमा बोकेर पाठ्यपुस्तक लगिँदै
नयाँ शैक्षिकसत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाकेर गाउँ लैजाँदै विक्रेता
चिया नीतिमा जोड
चिया क्षेत्रमा देखिएको समस्या समाधानका लागि कोशी प्रदेशमै चिया नीति बनाउन र यसको केन्द्र्रीय कार्यालयसमेत प्रदेशमै राख्न यहाँस्थित सरोकारवालाले माग गरेका छन् । बिर्तामोडमा संवाद समूहले आयोजना गरेको प्रादेशिक चिया
तेस्रो हिले उत्सवको तयारी
आगामी चैत्र २३ गतेदेखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । हिलेस्थित खेल मैदानमा उत्सव हुन लागेको हो ।
घर जल्दा १० लाख बराबरको क्षति
गए राति सिद्धिचरण नगरपालिका –६ जन्तरखानीको एक घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छ को मृत्यु
दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
झापा एमालेको अध्यक्षमा गिरी सर्वसम्मत
नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत हुनुभएको छ । यसअघि गिरी एमाले झापाका कार्यवाहक अध्यक्ष रहनुभएको थियो । यसै गरी अर्का अध्यक्षका प्रत्याशी शिव ढुङ्गेल भने उपाध्यक्ष पदमा सर्वसम्मत हुनु भएको छ । सचिवमा तुलसी कार्की सर्वसम्मत हुनुभएको छ ।