सुनकोशीमा बेपता एक बालिकाको शव फेला
होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ ।
वरिष्ठ साहित्यकार सुवेदीको निधन
वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।
माटोको जैविकीय शक्ति घट्दै
पूर्वी नेपालको माटोमा प्राङ्गारिक तत्त्व कमी हुँदै जाँदा माटोको जैविकीय शक्ति घट्दै गएको छ । किसानले बालीमा आवश्यकभन्दा बढी रासायनिक मल प्रयोग गर्दा माटोको अम्लीयपन बढ्न गई जैविकीय शक्तिमा ह्रास आउँदै गएको हो ।
चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो
धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।
लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ। सङ्घीय सरकारको हस्तान्तरित कार्यक्रमअन्तर्गतको बजेटले लिबाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो।
पैसाको अभावले योजना रोकिन्न
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले विकासको मेरुदण्ड भनेकै मुलुकमा गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण हुनुपर्ने बताउनुभएको छ।
भीर मौरीको महको माग बढ्यो
पछिल्लो समय भीर मौरीको महको माग बढ्न थालेको छ। ताप्लेजुङका स्थानीय व्यवसायीका अनुसार विगतमा भन्दा अहिले भीर मौरीको महको माग बढ्न थालेको हो।
स्थापनाको चार वर्षपछि सम्पर्क कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक
स्थापनाको चार वर्षपछि कोशी प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा पहिलो बैठक बसेको छ। मंगलबार धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका सबै कार्यक्रममा मायाको चिनो र उपहार प्रदेश भित्रको उत्पादन प्रयोग गर्न सरकारी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ।
पदक विजेता खेलाडी र प्रशिक्षकलाई कोशी प्रदेशको सम्मान
अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकलाई धनकुटामा सम्मान गरिएको छ ।
मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।
अर्काे गठबन्धन निर्माण हुने अवस्था छैन
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ गठबन्धन निर्माण भएसँगै मुलुकमा नयाँ खालको राजनीतिक समीकरण प्रारम्भ भएको बताउनुभएको छ ।
९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा
इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।
धनुषामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु एक घाइते
धनुषामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
तीन बालबालिका अझै बेपत्ता, गोताखोर टोली फर्कियो
तीन दिनदेखि सुनकोसी नदीमा हराई रहेका उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेका तिन बालबालिका अझै भेटिएका छैनन । उनीहरूको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीको गोताखोर टोली पनि फिर्ता भएको छ ।
पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आउनुभएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताउनुभयो ।
बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय
ओखलढुङ्गामा बलात्कारको झुटो आरोप लगाउने जाहेरीवाली महिलालाई कैद र जरिवानाको फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको इजलासले प्रतिवादी विरुद्ध बलात्कारको झुटो आरोप लगाउने जिल्लाको खिजीदेम्बा गाउँपालिकाकी २५ बर्षीया महिलालाई दुई महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो ।
इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा
इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङका स्थानीय तहले साढे ९३ करोड अनुदान पाउने
ताप्लेजुङका स्थानीय तहले आगामी आर्थिक वर्षमा साढे त्रियानब्बे करोड रुपियाँ बढी अनुदान रकम पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१-८२ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमको विवरण सार्वजनिक गरेको हो ।
ठेक्का लागेको सात वर्षपछि पुलको डिजाइन परिवर्तन
खोटाङलाई उदयपुरसँग जोड्ने सुनकोशी नदी स्थित धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको सात वर्षपछि पुलको डिजाइन परिवर्तन गरिएको छ ।
अटो दुर्घटना हुँदा एकको मृत्यु
इलामको सूर्योदय नगरपालिका–१२, मलिममा यात्रु बोकेका अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
होली मनाएर पौडी खेल्न जाँदा एक किशोरको मृत्यु
होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी ११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ सृष्टि टोल बस्ने वर्ष १५ का रविन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।
भानुचोकमा होलीको रौनक
रङ्गहरूको पर्व होली हिमाली, पहाडी, तराई सबै जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । धरानमा आइतबार र सोमबार दुई दिन होली धूमधाम मनाइँदै छ ।
एसियाली राजमार्ग निर्माण: पहिलो चरणको काम सुरु
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरु भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रुख कटान सुरु भएको हो ।
वर्षाले जौ बालीलाई राहत
हिउँदयामको अन्त्यतिर भएको वर्षाले जौलगायतका बालीलाई राहत पुगेको छ । यस पटकको वर्षले ताप्लेजुङको लेक क्षेत्रका किसानले लगाएको रैथाने बाली जौ खेतीका लागि राहत पुगेको हो ।