• १३ साउन २०८१, आइतबार

मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

कविराज घिमिरे

हिले, चैत १३ गते। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मानवीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ। 

मङ्गलबार धनकुटाका भएको कोशी प्रदेशको दोस्रो आवधिक योजना तयारी सम्बन्धी जिल्लास्तरीय सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले मानवीय विकास नभएसम्म सडक पूर्वाधार विकासको अर्थ नहुने भएकाले मानवीय विकासमा लागिपरेको बताउनुभएको हो। 

मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएपछि मानवीय विकासका विषयमा अध्ययन गरेको र त्यसका लागि सुरुमा महिला स्वास्थ्य स्वयंसेविकाको विषयमा अध्ययन गरेको बताउनुभयो। यो पटकका योजना दीर्घकालीन महत्त्व राख्ने हुने उहाँले बताउनुभयो। सधै सडक पूर्वाधार आदिमा मात्र योजना केन्द्रित हुने गरेकोमा यो पटक मानवीय विकास पहिलो प्राथमिकता हुने उहाँको भनाइ छ। 

मानवीय विकास नभए पूर्वाधार विकास प्रभावकारी नहुने उहाँको दाबी छ। कोशी प्रदेशका योजना आयोगका प्रमुख पुरञ्जन आचार्यले विकासे खर्च भन्दा प्रशासनिक खर्च बढिरहेको बनाउनुभयो। जसको भार प्रदेश सरकारले बेहोरिरहेको बताउनुभयो। 

उहाँले समुचित विकास गर्नतर्फ जोड दिनुभयो। कोशी प्रदेश सरकारको आयोजनामा धनकुटामा एकदिने आवधिक योजना तयारीसम्बन्धी जिल्लास्तरीय सुझाव सङ्कलन कार्यक्रम भएको हो। कार्यक्रमा सातै स्थानीय तहका जनप्रतिनिधिसहित विभिन्न सरकारी कार्यलयका प्रमुख सहभागी थिए।