• २३ जेठ २०८२, शुक्रबार

कञ्चनपुरमा राष्ट्रिय वाणिज्य बैँकको थप शाखा विस्तार

blog

झलारीमा बाणिज्य बैँकको नयाँ शाखा । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, जेठ २२ गते ।
राष्ट्रिय वाणिज्य बैँकले कञ्चनपुरमा थप शाखा विस्तार गरेको छ । जिल्लास्थित झलारी बजारबाट बिहीबारदेखि नयाँ शाखा विस्तार गर्दै बैँकले कारोबार सुरु गरेको छ ।

तीन सयौँ शाखाको रूपमा राष्ट्रिय वाणिज्य बैँकले यस क्षेत्रका सेवाग्राहीहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले झलारीमा पनि शाखा विस्तार गरेको शाखाका प्रमुख पुरुषोत्तम लेखकले जानकारी दिनुभयो । अहिले घर भाडामा लिएर नयाँ शाखा विस्तार गरिएको हो ।

बिहीबारदेखि शाखाले दिने नियमित सेवाहरू सुरु गरिएको शाखा प्रमुख लेखकले जानकारी दिनुभयो । बैँकको औपचारिकरूपमा उद्घाटन भने केही समयपछि गरिने जनाइएको छ । झलारी शाखामा हाल एटीएम बाहेकका सबै सेवाहरू प्रदान गरिने बैंकले जनाएको छ । यसै गरी कञ्चनपुरमा राष्ट्रिय वाणिज्य बैँकका चार शाखा विस्तार गरिएका छन् ।