तराईमा तापक्रम बढेसँगै पाहुना चराहरु फर्कंदै
जाडो सकिएसँगै कोशीटप्पु वन्यजन्तु आरक्ष लगायतको तराई क्षेत्रबाट पाहुना चराहरु फर्कन थालेका छन् ।
मर्यादित वातावरणमा मनाइँदै होली
विराटनगरमा उल्लासमय वातावरणमा होली मनाइँदै छ । मानिसहरू एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
होलीमा बिना हेल्मेट मोटरसाइकल चलाउने २३ जना कारबाहीमा
होलीमा जथाभाबी र बिना हेल्मेट मोटरसाइकल चलाउनेहरूलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।
आयोजनास्थलमा होलीको रौनक
सहर तथा बजार क्षेत्रमा मात्र नभई ग्रामीण भेग र आयोजना स्थलसम्म होली पर्वको रौनक छाएको छ । रङ्गहरूको पर्वका रूपमा मनाइने होली आपसी भातत्वलाई थप घनिष्ठ बनाउन गाउँबस्ती तथा आयोजनास्थलमा मनाउन थालिएको हो ।
नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो
स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गर्नुभयो ।
छथर जोरपाटीको ध्वजे डाँडा (फोटो फिचर)
धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।
भिरबाट लडेर लिम्बूको मृत्यु
इलाम नगरपालिका–१०, गोदककी एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । बारीमा मल बोक्ने क्रममा भिरबाट लडेकी ३१ वर्षीया ऋतु लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्षतिग्रस्त संरचना पुनर्निर्माणको प्रक्रियामा छन्
पाँचथरको फालेलुङ गाउँपालिकाको भारतको सिक्किम र पश्चिम बङ्गालसँग सिमाना जोडिएको छ । साबिकका प्राङबुङ, सिदिन, एकतिन र याङ्नाम गाविसको आधा भागलाई समेटेर फालेलुङ गठन गरिएको हो । २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोसीमा बेपत्ता
होली पर्वको अवसरमा रङ खेलेर नुहाउने क्रममा सुनकोसीले बगाएर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बजारका तीन बालबालिका बेपत्ता भएका छन्।
धरानले जित्यो चाँगे माछापोखरी गोल्डकप उपाधि
आइतबार भएको फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
पारिवारिक निजी वनमा पुनः गुरुङ अध्यक्ष
ताप्लेजुङस्थित पारिवारिक निजी वन सङ्घ नेपालको अध्यक्ष पुनः इन्द्रबहादुर गुरुङ चयन हुनु भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
तमोर कोरिडोरले बदल्दै दैनिकी
निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् ।
मोलुङ एकवार सडक केही महिनामै जोडिने
धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवर बाटो अबको केही महिनापछि जोडिने भएको छ ।
सल्लेरी व्यारेक परिसरमा बृक्षारोपण
धनकुटास्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेक परिसरमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । धनकुटा नगरपालिका ४ सल्लेरीस्थित तैनाथ रहेको नेपाली सेना श्री भीमदल गणको हाताभित्र खाली रहेको जमिनमा शनिबार बृक्षारोपण गरेको हो ।
पाथीभरा मन्दिरबाट देखिएको हिमशृङ्खला
हिमपात सँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर : सन्तोष पुर्कुटी/रासस
घाँटीमा अण्डा अड्किएर मृत्यु
ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको ज्यान गएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्केर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो ।
गाउँको खेलकुद : रहर छ पूर्वाधार छैन
गत फागुन पहिलो साता धनकुटाको सहिदभूमी गाउँपालिका १ घंघरुमा सहिद प्रकाश थापा स्मृतिकप भलिबल प्रतियोगिता भयो।
नगरपालिकाद्वारा कृषकलाई भैँसी सहयोग
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
झापामा २५ जना बालबालिकामा क्षयरोग
झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगी मध्ये २५ जना बालबालिका रहेका छन् ।
लोपोन्मुख खरमजुर गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खरमजुरको गणना शुव्रmबारदेखि सुरु गरिएको छ । नेपाल पन्छी सङ्घको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गणना सुरु गरिएको हो । घाँसे मौदानमा बस्ने दुर्लभ चराको गणना कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आठ दिनसम्म गर्ने कार्यव्रmम अनुसार सप्तरीको गोबरगढाबाट सुरु गरिएको हो । गणनामा तीस जना चरा विज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
बिचौलियाको हातमा अलैँचीको मूल्य, प्रतिमन ८६ हजारमा किनबेच
अलैँचीको मूल्य निर्धारण बिचौलियाको हातमा रहेको भन्दै किसानहरूले नियमन गर्न माग गरेका छन् । बिचौलियाले किसानले विक्री गर्ने समयमा कम मूल्य बनाएर खरिद गर्ने र बढी मूल्य बनाएर विक्री गर्ने गरेको पाइएको हो ।
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो ।
प्रेमी बाटै सुमिनाको हत्या
धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ। इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो। प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ।