आयआर्जन बढाउन झोला निर्माण तालिम
ताप्लेजुङमा घरेलु उत्पादन प्रवर्धन गर्न झोला निर्माण (बनाउने) गर्ने तालिम सञ्चालन गरिएको छ । घरेलु तथा स्थानीय उत्पादनका ढाका, खाँडी र अल्लोको कपडालाई झोला निर्माण गर्न कच्चा पदार्थको रूपमा प्रयोग गरी तालिम सञ्चालन गरिएको हो ।
दोखुले जित्यो वडास्तरीय भलिबल उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका–८ दोखुले जितेको छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।
सडक र ढल निर्माण चाँडो गर्न दबाब
दमकको व्यस्त बजारभित्रका सडक भत्काएर अस्तव्यस्त छाडिएपछि यो निर्माणको काम छिटो अघि बढाउन स्थानीय सरकारले चासो दिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले काम गरिरहेकाले स्थानीय सरकारले सम्बन्धित निकायमा बारम्बार पत्राचार गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ ।
मतभेदलाई मतैक्यमा बदलेर अगाडि बढेका छौँ
धनकुटाका सात पालिकामध्येको एक पाख्रीबास नगरपालिकामा २२ हजार ७८ जनसङ्ख्या रहेको छ । यो नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पालिका प्रमुखको भूमिकामा उहाँको यो पहिलो अनुभव हो ।
झापामा एक साता अवधिमा १७ वटा आगलागी, नियन्त्रण चुनौती बन्दै
झापामा दैनिक जसो आगलागीका घटना हुन थालेपछि आगलागी नियन्त्रण चुनौती बन्दै गएको छ । जिल्लामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको छ ।
दुर्घटनामा माझीको मृत्यु, तीन घाइते
झापाको गौरीगञ्जमा सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते बन्नुभएको छ । गौरीगन्ज गाउँपालिका वडा नं. १ स्थित हुलाकी मार्ग अन्तर्गत कमल बनियानी खोला पूर्व चौरी र कुञ्जीबारीको बिच खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
सगरमाथा नजिकैको मानव बस्ती
विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा
पाँचथरको घुर्विसेमा लागेको आगो नियन्त्रणमा
पाँचथर र इलामको सीमावर्ती घुर्विसे पञ्चमी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । घुर्विसे पञ्चमी इलामको फाकफोक थुम गाउँपालिकासँग सिमाना जोडिएको घुर्विसे पञ्चमी पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र समेत हो । यहाँ आइतबार साँझ ८ बजे सुरु भएको आगो करिब १० बजे नियन्त्रणमा लिइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताउनुभयो ।
तेह्रथुममा १७ घर जले : पाँचथरको पञ्चमी बजार जोखिममा
पाँचथर जिल्लाकोे फाल्गुनन्द गाउँपालिका केन्द्र रहेको घुर्विसे पञ्चमी बजारमा आइतवार साँझ सुरु भएको आगलागीका कारण सिङ्गो बजार जोखिममा परेको छ । साँझ ८ बजे सुरु भएको आगलागीमा पर्दा यो समाचार तयार पार्दासम्म ३ वटा घर जलेका छन । उता तेह्रथुमको फेदाप गाउँपालिकामा आइतवार दिँउसो जंगलबाट सल्केको आगोले १७ र तीनवटा पाली जलेका छन ।
दोखुको वनमा लागेको डढेलोले चार घर जले
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा वनमा लागेको डढेलोले चार वटा घर जलेर नस्ट भएका छन्। प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–८ दोखुमा वनमा लागेको डढेलोले आइतबार चारवटा घर जलेर नस्ट भएका हुन्।
आगलागीमा परी २८ परिवारको खुला आकाशमुनि बास
मोरङको रङ्गेली नगरपालिका वडा नं. ३ बाबुसाहेब टोलमा शनिवार भएको आगलागीमा परी घरबारविहीन भएका २८ परिवारको खुला आकाशमुनि बास भएको छ ।
मोटरसाइकल ठक्करबाट एकको मृत्यु
मोरङ पथरीशनिश्चरे–१० का ५४ वर्षीय प्रेमबहादुर चौहानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
धराप बन्दै सडक आसपासका रुख
धनकुटा नगरपालिका १ हिले निवासी आशिष तामाङ र उहाँको श्रीमती उषा तामाङ बिहीबार दिउँसो करीब ४ बजे धनकुटा वाट हिले घर तर्फ फर्कदै हुनुहुन्थ्यो । मोटरसाइकलमा सवार उहाँहरु धनकुटा नगरपालिका वडा नं–४ स्थित सल्लेरीमा आइपुग्दा माथिवाट सिरीसको रुखको हाँगा खस्यो । माथीवाट खसेको बुढो रुखको हाँगाका कारण सडकमा यात्रा गरीरहेका तामाङ्गको परिबारमा एकाएक बज्रपात आईपर्यो । हाँगाले लागेर घाइते भएको श्रीमती उषा तामाङलाई अस्पताल पुर्याउन साथ अस्पतालले मृत घोसणा गर्यो । श्रीमान आसिस घाइते छन् ।
डढेलोले खोटाङमा चार घर जले ८० बढी चौपाय मरे
खोटाङमा वनमा लागेको डढेलो गाउँ पस्दा ४ वटा घर, मतान, गोठ र चौपायहरु जलेर नष्ट भएका छन् । जिल्लामा अहिले ५ ठाउँमा डढेलो लागि रहेको छ । २ ठाउँको डढेलोले घरहरूमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो ।
सुरक्षाकर्मीद्वारा आगो निभाउने संयुक्त अभ्यास
जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।
बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका
इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।
पथरीको चिउरा मिलमा आगलागी
मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा रहेको चिउरा मिलमा गए राति आगलागी भएको छ । आगलागीबाट उद्योगमा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।
भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
एनआरटीलाई बुढासुब्बा गोल्डकप उपाधि
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।
वनमा लागेको डढेलोले तीन घर जले
ताप्लेजुङमा वनमा लागेको डढेलोले तीन वटा घरसहितका संरचना जलेर नस्ट भएका छन्। प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा वनमा लागेको डढेलोले स्थानीयका घर तथा अन्य संरचना जलेर नस्ट भएका हुन्।
आर्मीलाई टी–२० क्रिकेट उपाधि
प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
पाथीभरा केबलकारको विरोधमा यातायात व्यवसायी
ताप्लेजुङका यातायात व्यवसायीले पाथीभरा (मुक्कुमलुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाको विरोध गरेका छन्।