सगरमाथा क्षेत्रमा पर्ने दिङ्बुचे भ्याली
सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट चार हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटक सगरमाथा आधार शिविर पुग्ने गर्छन् ।
वर्षाले किसानलाई राहत
हिउँद भरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थाेरै भएपनि राहत मिलेको छ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेछि किसानलाई राहत महसुस भएको हो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गठन
सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ गठन भएको छ । कोशी ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाभरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको भेलाले सुलेमान मंसुरीको अध्यक्षतामा १५ सदस्य महासङ्घ समिति गठन गरेको हो ।
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
खुम्बुको पर्यटन जोगाउने भरियाहरू
टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए ।
भेनियर पातामा निकासी कर कम गर्न माग
ठुलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन व्यवसायीले माग गरेका छन् ।
जङ्गलमा मानव अतिक्रमण बढ्दै, घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय बन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरू मासिएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ नपाक्ने र नयाँ बिरुवा उम्रिन छोडेपछि घाँस प्रजातिका वनस्पति मासिएका हुन् ।
सुनसरीमा १६३ केजी गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १ः३० बजे सुनसरी वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
जोखिममा छन् सङ्कटापन्न सोँस
जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस (डल्फिन) को सङ्ख्या नेपालका नदीहरूमा कम हुँदै गएको छ । स्वच्छ पानीको जलकुण्डमा पाइने सोँसको सङ्ख्या पछिल्लो समयमा घट्दै गइरहेको सरोकारवाला
चिया खेतीबाट देखियो आम्दानीको सम्भावना
ताप्लेजुङमा चिया खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखिएको छ । पछिल्लो समय जिल्लामा चिया खेती लगाउन सुरु गरिएको र यसबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएको किसानले बताएका छन् ।
सहकारीको ‘सेफ’ नै असुरक्षित
झापामा सहकारी संस्थाहरूमा भल्ट अर्थात् सेफ नै फुटाएर चोरीका घटनाहरू बढ्न थालेका छन् । एकपछि अर्को गर्दै जिल्लाका विभिन्न ठाउँमा सेफमा राखिएका रकम चोरी हुन थालेको हो ।
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । साथै उहाँले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ ।
ताप्लेजुङमा आगलागीबाट दुई घर जले
ताप्लेजुङमा मङ्गलबार छुट्टा–छुट्टै ठाउँमा दुई घरमा आगलागी भएको छ। प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकामा घर आगलागी भएको हो।
वृद्धवृद्धा मात्र भएको घरमा आगलागी
खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ। मंगलबार दिउँसो करिब ३ बजे घरमा आगलागी हुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएका हुन्।
जिल्ला अस्पतालको एम्बुलेन्स प्रयोग विहीन
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा रहेको एम्बुलेन्स प्रयोगमा विहीन भएको छ । करिब तीन वर्ष अघि प्रदेश सरकारमार्फत प्राप्त उक्त एम्बुलेन्स थन्किएको छ ।
इलाममा बहुधार्मिक महोत्सव
धार्मिक सद्भावको वृद्धि र बहुधार्मिक सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले इलाममा बहुधार्मिक उत्सवको आयोजना गरिएको छ । इलाम नगरपालिका ६ सिङफ्रिङ स्थित सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा अठार पुराण समापन एवम् इलाम धार्मिक महोत्सवको आयोजना गरिएको हो ।
महिलालाई निर्णायक तहमा पुर्याउन माग गर्दै देशव्यापी बस यात्रा
अन्तर-पुस्ता महिला मञ्च (आइजिएफएफ)ले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्याउनुपर्ने उद्घोषका साथ आज पूर्वी नाका काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ । आज काँकडभिट्टा र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यविन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ ।
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन
इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी सङ्कलन भएको छ ।
कपडा सिलाउन सिपालु श्रेष्ठ
हातमा सिप र मनमा लगनशीलता भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ; मोरङको उर्लाबारी–८, आमबारी बजारका टङ्कबहादुर श्रेष्ठ । श्रेष्ठ ३० वर्षयता निरन्तर सिलाइ पेसामा हुनुहुन्छ । गरिब प
सामुदायिक वनमा लागेको डढेलोले दुई घर जल्यो
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक वनमा लागेको डढेलोले सोमबार दुई वटा जलेर नष्ट भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
डेढ करोडको विषादीरहित तरकारी उत्पादन
कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग-सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो ।
नर्स हत्या प्रकरण : आरोपित युवा मृत फेला
मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् ।