• १३ साउन २०८१, आइतबार

वृद्धवृद्धा मात्र भएको घरमा आगलागी

blog

मंगलबार आगलागीबाट जलेर नष्ट भएको सुनुवारको घर।

राजकुमार भट्टराई

खोटाङ, चैत ६ गते। खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ। मंगलबार दिउँसो करिब ३ बजे घरमा आगलागी हुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएका हुन्। 

घरमा वृद्धवृृद्धा मात्र भएको समयमा आगो सुरु भएको थियो। स्थानीय नागरिक, प्रहरी भेला भए पनि आगो नियन्त्रणमा लिन नसक्दा घर मतान सबै जलेर नष्ट भएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो। 

मानवीय क्षति भने भएको छैन। घर र मतान जलेर नष्ट हुँदा सुनुवारको अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै खरानी भएका छन्। परिवारका सदस्यले शरीरमा लगाएको कपडाबाहेक अरू केही नबचेको वडाध्यक्ष पाण्डेले बताउनुभयो। 

वडाध्यक्ष पाण्डेको भनाइ अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। कसरी आगलागी भयो भनेर पुष्टि नभएको उहाँको भनाइ छ। आगलागीबाट घर मतान जल्दा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।