गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरूले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ ।
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् ।
पाथीभरा क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।
लागू औषधसहित एकजना पक्राउ
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ ।बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित लागू औषधसहित दमक १ बस्ने २७ वर्षीय छङ राईलाई पक्राउ गरेको हो ।
विश्वमै लोपोन्मुख खरमुजुरको गणना सुरु
विश्वमै लोपोन्मुख अवस्थामा पुगेको खर मुजुरको गणना सुरु गरिएको छ ।
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गर्नुभएको छ । उहाँको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उहाँले रासससँग भन्नुभयो, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन ।
चैतकोे हिउँपानीले जताततै खुसी
पाँचथरसहित पहाडी जिल्लामा यो वर्ष पहिलो पटक पानी परेको छ । बुधबार बिहानदेखि सुरु भएको वर्षा र हिमपात बिहीबार अपराह्नसम्म जारी रह्यो । पाँचथरको फिदिम १० का किसान वीरमान लिम्बू निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो मार्न नपाउनुभएका लिम्बूले अब पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।
इलाममा रक्सी चुरोट नियन्त्रण अभियान सुरु
इलामको सूर्योदय नगरपालिकामा लागु औषध दुर्व्यसनी,मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी सचेतना अभियान थालिएको छ ।
सीमा क्षेत्रमा सुरक्षा प्रमुखको पैदलयात्रा
सीमा क्षेत्रमा रहेका स्थानीयको समस्याको विषयमा जानकारी लिन र सीमासम्बन्धी समस्या समाधानका लागि झापा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले झापामा सीमा पैदलयात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणा अन्तर्गत नेपाल–भारत सीमा इलाका र सीमास्तम्भहरूको अनुगमनसहितको कार्यव्रmम बुधबारबाट सुरु भएको हो ।
पर्यटन प्रवर्दनका लागि विपद बैठक
विपद व्यवस्थापन समिति धनकुटाको बैठक पाख्रिबास ४ तालतलैयास्थित सिमसार क्षेत्रमा भएको छ । एेतिहासिक रूपमै हवाइजहाज भित्र वसेर विपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको यो पहिलो पटक हो ।
हिउँ पानी पर्दा कृषक खुसी
पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।
एसइई परीक्षाका लागि १७ वटा केन्द्र निर्धारण
ताप्लेजुङमा यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्सन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ ।
कोशी प्रदेश : तीन महिनामा चार सय ८८ आगलागीका घटना
सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ ।
झापामा महजोडीलाई आदर्श नागरिक सम्मान
चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बिर्तामोडमा आदर्श नागरिक सम्मानबाट सम्मानित गरिएको छ ।
अवैध क्रसर बन्द
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अवैध रुपमा सञ्चालन भएको क्रसर बन्द गराएको छ । सिद्धिचरण नगरपालिका–८ जरङ्गेडाँडामा सिद्धिचरण राजमार्ग नजिकै अवैध रुपमा सञ्चालनमा रहेको क्रसर प्रशासनले बन्द गराएको हो ।
मोतिबिन्दु भएका ८६ जनाको आँखाको शल्यक्रिया
ताप्लेजुङमा मोतिबिन्दु भएकाहरुको आँखाको शल्यक्रिया गरिएको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमार्फत मोतिविन्दु भएका रोगीहरुको आँखाको शल्यक्रिया गरिएको हो ।
ताप्लेजुङका सीडीओ र डीएसपीको सरुवा
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकको एकसाथ सरुवा भएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल र ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूको सरुवा गरेको हो ।
खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु
खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको ट्याक्टरले किचेर बुधबार साँझ मृत्यु भएको हो ।
खन्ती प्रहारबाट साथीको हत्या
बिहीबार बिहान ५ बजेको समयमा झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो ।
डढेलो र अन्य कारणले १६ घर जले
ताप्लेजुङमा फागुन महिनायता डढेलो र अन्य कारणबाट सोह्र वटा घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार सुख्खा मौसमसँगै वनमा लागेको डढेलो, भान्साकोठा र विद्युत सर्ट भएरजस्ता कारणबाट आगलागी भई उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् ।
पूर्वपश्चिम राजमार्ग स्तरोन्नति रुख कटान सुरु
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उपे्रतीले तराईको वन विकासको मेरुदण्ड भएको बताउनुभएको छ । बुधबार मोरङको कानेपोखरी–७ मा एसियाली विकास बैङ्कको सहयोगमा विस्तार हुन लागेको पूर्वपश्चिम राजमार्गको सडक किनारका रुख कटान कार्यव्रmमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री उप्रेतीले भन्नुभयो, “बाधा अडचन आए त्यसको सहजीकरण प्रदेश सरकारले गर्ने छ । वन विकासको बाधक भएको भाष्य तयार भइरहेको छ । एउटा रुख काट्ने निर्णय गर्नुपूर्व त्यो रुख हुर्काउन लागेको समय पनि समीक्षा गर्नु पर्छ ।” उहाँको बाटो निर्माणका लागि रुख काट्नु स्वाभाविक भए पनि रुख काट्नका लागि बाटो बनाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।
सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान
सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।
ओलाङ्चुङगोला क्षेत्रमा हिमपात
मङ्गलबार रातिदेखि सुरु भएको वर्षासँगै ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगअन्तर्गत रहेको बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहित क्षेत्रमा हिमपात भएको हो ।