• १३ साउन २०८१, आइतबार

गुणस्तरीय शिक्षाले समाजलाई सही बाटो देखाउँछ : मुख्यमन्त्री कार्की

blog

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।

मोरङ, चैत ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरूले समाजलाई सही दिशातर्फउन्मुख गराउने बताउनुभएको छ । नारदमुनि-पवित्र लुइँटेल स्मृति कोषद्वारा आयोजित ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले बालबालिकालाई शिक्षाप्रति अभिप्रेरित गरेमा समाज र राष्ट्रको उन्नतिमा सहयोग पुग्ने धारणा राख्नुभयो । त्यस अवसरमा सञ्चारकर्मी सुशीला पाठकलाई नगदसहित सो पुरस्कार प्रदान गरिएको थियो ।

उहाँले अङ्कका आधारमा विद्यार्थी उत्कृष्ट नहुने चर्चा गर्दै खेलाडी कुशल भुर्तेल र दीपेन्द्र ऐरीले क्रिकेटका माध्यमबाट कायम गरेको विश्व कीर्तिमानीको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “कक्षाकोठा बाहिरको मैदान पनि रोजगार र शिक्षाको केन्द्र हुँदै गएको छ । शिक्षक र अभिभावकले यो यथार्थलाई बुझ्न सक्नुपर्छ ।” उहाँले गायिका मेनुका पौडेलले आफ्नो मेहनतबाट नेपालको नाम विश्वमा राख्न सफल भएको उदाहरण पनि प्रस्तुत गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री कार्कीले सरस्वती विद्यालयका जेहेन्दार छात्रछात्रा उत्कृष्ट र निवर्तमान शिक्षकहरूलाई नगदसहित सम्मान गर्नुभएको थियो । रासस