‘किसान आन्दोलनको जगमा लोकतन्त्र आएको हो’
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र र स्वतन्त्रता आन्दोलनमा झापाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
इलाम-२ उपनिर्वाचन : रास्वपाबाट मिलन लिम्बू उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।
पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो ।
परीक्षा केन्द्र अध्यक्ष कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियम विपरीत कार्य गर्ने विश्वज्यति माविका केन्द्र अध्यक्ष माधव प्रसाद ठाकुर कारबाहीमा परेका छन् ।
इटहरीमा ओलम्पियन पुनर्मिलनको तयारी
तेस्रो संस्करणको ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा हुने भएको छ ।
विपन्नलाई सहुलियतमा एम्बुलेन्स सेवा
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाका विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ ।
ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा ४९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एसइई परीक्षामा सहभागी हुन आवेदन दिएका एक हजार ८९० जना विद्यार्थीमध्ये सो सङ्ख्यामा परीक्षा अनुपस्थित भएका हुन् ।
हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान
गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर वरदान साबित भयो ।
लहरीमा पिकअप ठोकिँदा एक जनाको मृत्यु
धनकुटामा लहरीमा पिकअप ठोकिँदा एक जनाको मृत्यु भएको छ। ट्रकका चालक सिराहा गोल बजार घर भएर धनकुटा नगरपालिका-९ बस्ने ३० वर्षीय निरज ठकुरीको दुर्घटनामा मृत्यु भएको हो।
बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्युु भएको छ भने एक जना युवक घाइते भएका छन् ।
खोटाङ सेवा समाजद्वारा स्वास्थ्य शिविर सञ्चालन
खोटाङ सेवा समाज बेलायतले तीन करोड खर्चिएर खोटाङ जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् ।
एसइईमा दृष्टिविहीन तथा कैदी विद्यार्थी सहभागी
सुनसरीमा माध्यमिक शिक्षा परीक्षा एसइईमा पहिलो दिन जिल्लाबाट चार जना दृष्टिविहीन र एकजना कैदी सहित १३ हजार बढीले परीक्षा दिएका छन्।
भुक्तानी नपाएपछि सडक निर्माण अलपत्र
ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काम बजेट अभावले अलपत्र भएको छ । निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाएपछि सडक कालोपत्रे निर्माणको काम अलपत्र बनेको हो । फुङ्लिङ नगरपालिकास्थित मेची
बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य
पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ ।
चैते धान रोपाइँको चटारो
पॉचथरका किसान यतिबेला चैते (बर्से) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ । कोही खेत जोत्न, कोही हिलोआली गर्र्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् ।
हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भेट्वाल दम्पत्ती बुधबार दिउँसो दाउरा खोज्न गाउँसँगै जेडिएको नजिकैको बनमा गएका थिए ।
इन्द्रेणी तालको बाँध फुटेर पानी चुहावट हुँदा समस्या
झापा दमक वडा नम्बर १० मा रहेको यस क्षेत्रकै सबैभन्दा पुरानो इन्द्रेणी तालको संरक्षण र प्रवर्द्धनका लागि बनेको गुरुयोजना अनुसारको काम अघि नबढेको स्थानीयले बताएका छन्।
सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ।
एमाले अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली झापामा
नेकपा (एमाले) झापाको बिहीबारदेखि झापाको बिर्तामोडमा सुरु हुने ११ औ अधिवेशनको तयारी पूरा भएको सो दलले जनाएको छ ।
कृषिमूल्य सूचना प्रणाली सञ्चालनमा
प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गर्नुभएको हो ।
कृषि मूल्य सूचना प्रणाली सार्वजनिक
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले नेपालमा बहुसङ्ख्यक जनता कृषिमा आधारित रहेकाले कृषिलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
एसइईमा जम्मा चार विद्यार्थी
खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने चार जना मात्र विद्यार्थी भएका हुन् ।
विद्यार्थीको पढाइ शुल्क गाउँपालिकाले तिरिदिने
ताप्लेजुङको फक्ताङ्लुङले गाउँपालिकाले पालिकाभित्रका स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क बेहोर्ने भएको छ । स्नातक तह अध्ययन गर्दा विद्यार्थीले क्याम्पसमा बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।