चतराधाममा ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला
सुनसरीको चतराधाममा एकमहिने ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला लाग्ने भएको छ । सो मेला चैत २७ देखि वैशाख २८ सम्म वराहक्षेत्र नगरपालिकामा लाग्ने छ । तिथि अनुसार चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म सो मेला लाग्ने छ । ‘मेरो देशको तीर्थ, मेरो देशको सान : सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने मूल नाराका साथ उक्त मेलाको आयोजना गर्न लागिएको हो ।
खोटाङको महुरे–फोक्सिङटार सडकमा ठेकेदारको बदमासी, ९६ करोडको कालोपत्रेकाे काम ७ वर्ष देखि अलपत्र
दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रको काम सात वर्ष देखि अलपत्र परेको छ । निर्माण कम्पनी ठेकेदार र नियामक निकाय सडक कार्यालयका कर्मचारीको वदमासीले सात वर्ष अघि ९६ करोडमा ठेक्का लगाइएको ४८ किलोमिटर कालोपत्रे सडक अलपत्र हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन् ।
चुम्लुङको मौलिक सांस्कृतिक महोत्सव हुँदै
किराँत याक्थुङ चुम्लुङ पाँचथरको नवौँ जिल्ला अधिवेशन तथा मौलिक सांस्कृतिक महोत्सव चैत २३ र २४ गते सदरमुकाम फिदिममा हुने भएको छ।
इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो
२०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
शिविरमार्फत ५७ जना बिरामीको आँखाको शल्यक्रिया
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमा मोतीबिन्दुका रोगीसहित ५७ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ ।
खेलाडीलाई पाथीभरा याङ्वरकको सम्मान
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ।
एमाले पाँचथरमा सापकोटा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरको नवौं जिल्ला अधिवेशनले विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको एमाले पाँचथरले जनाएको छ ।
महिलालाई बोल्ने शैली सिकाइँदै
ताप्लेजुङमा महिलाहरुको नेतृत्व विकास गर्न बोल्ने शैली सिकाउन थालिएको छ । बोल्नसक्ने क्षमता र शैली नभएकै कारण महिलाको नेतृत्व विकास हुन नसकेकोभन्दै बोल्ने शैली सिकाउन थालिएको हो ।
झापाको गौरादहमा तीनवटा सहकारीमा तोडफोड र चोरी
झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो ।
नयाँ शिक्षकको दरबन्दी निर्धारण
ताप्लेजुङका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताअनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको हो ।
गन्धर्वको पहिचान संरक्षण गरिने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गन्धर्व जातिको पहिचान संरक्षण गर्दै उनीहरूको विकास गरिने बताउनुभएको छ । उहाँले गन्धर्वहरूको मौलिक संस्कृति र पहिचान लोपोन्मुख अवस्थामा पुग्न लागेको भन्दै यसको संरक्षणको दायित्व प्रदेश सरकारले लिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
अन्धोपना हटाउने अभियान
विगत दुई वर्षदेखि मोतीबिन्दुका कारण दृष्टिविहीन ६० वर्षीय विष्णुबहादुर तामाङ खाँदबारीमा राखिएको शिविरमा सफल शल्यक्रियापछि पूर्ण रूपमा आँखा देख्न सक्ने भई भएर घर फर्किनुभएको छ । भोजपुर घर भएका बोली नआउने उहाँ सफल शल्यक्रियापछि निकै खुसी हुनुहुन्थ्यो । यस पटक खाँदबारीमा आयोजित दुईदिने शिविरबाट ४० मोतीबिन्दुसहित ४४ जनाको आँखाको सफल शल्यक्रिया गरियो ।
सहकारी दिवस मनाइयो
फिदिममा ६७ औं सहकारी दिवस मनाइएको छ। फिदिम नगरपालिका शिक्षा शाखाको आयोजनामा यो दिवस मनाइएको हो।
गर्मीसँगै खर्बुजाको व्यापार
गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।
साहित्यकार सुवेदीको परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार तथा समालोचक स्वर्गीय दधिराज सुवेदीको परिवारप्रति समवेदना दिनुभएको छ।
उप-निर्वाचनका लागि मुख्य अधिकृत तोकियो
आगामी वैशाख १५ गते हुने इलाम-२ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
कोशी प्रदेशमा सडक दुर्घटना भयावह
उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्याे ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमः अभिभावकविहीनलाई छात्रवृत्ति
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३ औँ सशस्त्र प्रहरी दिवस-२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा
यस वर्षको अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा भएको छ । अलैँचीको कारोबार हुने मुख्य मौसम गुज्रेपछि भएको मूल्य वृद्धिले किसानभन्दा व्यापारीलाई राम्रो फाइदा भएको हो ।
सशस्त्र प्रहरीद्वारा सीमावर्ती युवाका लागि कपाल काट्ने तालिम
लोककल्याकारी र युवाहरुको क्षमता विकासका लागि सुनसरीको सीमावर्ती गाउँका युवाहरुका लागि सशस्त्र प्रहरी बल नेपालले कपाल काट्ने सम्बन्धी १५ दिने तालिम दिन सुरु गरेको छ ।
चाँदीको तयारी गहनासहित एक जना नियन्त्रणमा
सशस्त्र प्रहरीले मोरङमा आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नयाँ वर्षको गन्तव्य अन्तु
इलामको पर्यटकीय स्थल अन्तुमा नयाँ वर्ष २०८१ को अवसरमा महोत्सव आयोजना गरिने भएको छ । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध मानिने अन्तुमा आगामी चैत ३० र वैशाख १ गते विभिन्न कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।
निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो
निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो ।
विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान
सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल ९रासायनिक पदार्थ प्रयोग नभएको० हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुनुहुन्छ ।