प्रेस युनियनको दशबुँदे सुनसरी घोषणापत्र
नेपाल प्रेस युनियन केन्द्रीय समितिको पूर्ण बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले दश बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको छ ।
कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि
भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो ।
कारागारभित्र कैदी राईको मृत्यु
सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ ।
ताप्लेजुङको फूलबारीमा घर जल्यो
प्रहरीका अनुसार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा शनिबार दिउँसो एक घर आगलागी भएको हो।
युवाको पलायन रोक्न सरकार गम्भीर हुनुपर्छ : एमाले उपाध्यक्ष थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले युवा जनशक्तिको पलायन रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ।
परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्यो : सभापति लामिछाने
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ।
तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ।
दलका कारण सङ्घीयता कार्यान्वयन समस्या : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रमुख राजनीतिक दल र तिनको नेतृत्वले अधिकार प्रत्यायोजन नगर्दा सङ्घीयता कार्यान्वयनमा कठिनाइ भइरहेको बताउनुभएको छ।
अधिकांश उजुरी मेलमिलापबाटै समाधान
झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरूपण भएका छन् ।
दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
जङ्गली हात्तीको आतङ्क
सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्क बढेपछि स्थानीय त्रसित बनेका छन् । आरक्षबाट हात्तीको तीन चार वटा सङ्ख्यामा निस्किएपछि कोशी गाउँपालिका ३ र ४ का स्थानीयहरू त्रसित देखिएका हुन् ।
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्षित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
दुर्घटनामा लिम्बूको मृत्यु
पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा इलाममा एक बालकको मृत्यु भएको छ । रोङ गाउँपालिका–३, कोल्बुङको भित्र सडकमा मे १ त २४०८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापाको कमल गाउँपालिका वडा नं. ५ गुहेश्वरी टोलमा शुक्रबार मध्यरात हात्तीको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ ।
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपाल कै अग्लो ‘दमक भ्यू टावर’ निर्माण सम्पन्न
झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ।
जनताले महसुस गर्ने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ ।
अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग
भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् । लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो ।
ताप्लेजुङ पुग्यो सामुदायिक विद्यालयको पाठ्यपुस्तक
हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ। जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक शुक्रबार आइपुगेको हो।
सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
विपन्न आदिवासी जनजातीहरुको बाहुल्यता रहेको झापाको गौरीगन्ज गाँउपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।
सुपर काबेली क्यासकेटको एचआरटी सुरुङ निर्माण सम्पन्न
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा
सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो ।
खोस्टाको फूल बनाउने तालिम
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका महिलालाई सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन भन्दै गाउँपालिकाले यस्तो तालिम दिएको हो । तालिममा सुकेको मकैका खोस्टाबाट उपहार दिन, घर तथा कार्यालयका टेबुलमा सजाउन र ब्याचका रूपमा प्रयोग गर्न मिल्ने सामग्री बनाउने तालिम दिइएको हो । पहिलो पटक १७ जना स्थानीय महिलालाई खोस्टाका फूल बनाउने तालिम दिएर उत्पादन सुरुवात गरेको अध्यक्ष वृजहाङ आङ्देम्बेले बताउनुभयो । नौ दिनसम्म तालिम लिएका सहभागीले कलात्मक फूल तयार गर्न थालेका छन् ।