• १३ साउन २०८१, आइतबार

दुर्घटनामा लिम्बूको मृत्यु

blog

कोकिला ढकाल

इलाम, चैत १७ गते । पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा इलाममा एक बालकको मृत्यु भएको छ । रोङ गाउँपालिका–३, कोल्बुङको भित्र सडकमा मे १ त २४०८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा इलाम नगरपालिका–४ का १७ वर्षीय रञ्जित लिम्बूको मृत्यु भएको छ । बालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले जानकारी दिनुभयो ।

ट्याङ्करका चालक ३६ वर्षीय मनोज राई घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जबेगूले बताउनुभयो ।