• १३ साउन २०८१, आइतबार

जङ्गली हात्तीको आतङ्क

blog

जयकृष्ण यादव 

इनरुवा, चैत १७ गते । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्क बढेपछि स्थानीय त्रसित बनेका छन् । आरक्षबाट हात्तीको तीन चार वटा सङ्ख्यामा निस्किएपछि कोशी गाउँपालिका ३ र ४ का स्थानीयहरू त्रसित देखिएका हुन् ।

रातीको समयमा आउने हात्तीले बाली खाएर, कुल्चेर नष्ट गर्ने गरेकाले समस्या भएको स्थानीयबासी गुलाबी मुखियाले बताउनुभयो । आरक्ष क्षेत्रमा हात्तीको आक्रमणबाट वार्षिक एक-दुई जनाको मृत्यु हुने गरेको छ भने लाखौँको बाली क्षति गर्दै आएकाले आफूहरू त्रासमा बाच्न बाध्य भएको मुखियाको भनाइ छ ।