चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङस्थित नेपाल शेर्पा सङ्घको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको छैटौं जिल्ला अधिवेशनले शेर्पा अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा दादोर्छे शेर्पा, महिला उपाध्यक्षमा मिङ्मा ल्हाकी शेर्पा चयन हुनुभएको छ । यस्तै, सचिवमा तेन्जिङ शेर्पा, सहसचिव शङ्कर शेर्पा र कोषाध्यक्षमा लाक्पातेम्बा शेर्पा चयन हुनुभएको छ ।
सदस्यहरूमा याङ्ला ल्हामु शेर्पा, माया शेर्पा, ग्याबु शेर्पा, सुजन शेर्पा र धनराज शेर्पा चयन हुनुभएको छ । जिल्ला अधिवेशनले प्रदेश प्रतिनिधिमा मातृका शेर्पा र पासाङरिता शेर्पा चयन हुनुभएको सङ्घले जनाएको छ ।
वडा तथा पालिकास्तरीय अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा जिल्ला अधिवेशन सम्पन्न भएको निवर्तमान जिल्ला अध्यक्ष पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।