सिपालु शेर्पा ७५ वर्षमा पुरस्कार पाउँदा दङ्ग
झापा गौरादहका ७५ वर्षीय पासाङ शेर्पा अहिले पनि केही नगरी बस्न सक्नुहुन्न । उहाँ आफैँ बाँस काट्ने, बाँसको चोया बनाउने र त्यसबाट विभिन्न सामग्री बनाउने गर्नुहुन्छ ।
बसाइँसराइसँगै गुमनाम नागेश्वर
धनकुटाको महालक्ष्मी नगरपालिका–६, लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर ओझेलमा परेको छ । पूर्वका चतरा, पिण्डेश्वर, वराहक्षेत्रलगायतका समकालीन मन्दिर चर्चामा रहिरहँदा यो मन्दिर भने गुमनामझै छ ।
पैसा माग्दा नदिएपछि हजुरआमाको हत्या
आफ्नै हजुरआमाले लगाएको गरगहना र बृद्धभत्ता हातपार्नका लागि झापाको गौरादह नगरपालिका वडा नं. ७ योगिटारमा आफ्नै नातिले साथीभाइ समेतलाई साथमा लिएर ८२ वर्षीया वृद्धा नरमाया विश्वकर्माको हत्या गरेको खुलेको छ । हत्यापछि घर पछाडि ग्वालीमा खाल्डो खनेर पुरेको अवस्थामा शव फेला परेपछि अनुसन्धानको क्रममा यस्तो खुलेको हो ।
खोटाङमा डढेलोलेबाट रु २० लाख बढीको क्षति
सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो ।
घाँसका रूपमा मकै बिक्री हुन थालेपछि किसान खुसी
सुनसरी जिल्लाको श्रीलङ्का टप्पुका किसानहरूले लगाएको मकै पाक्न नपाउँदै घाँसका रूपमा बारीबाटै बिक्री हुन थालेको छ । कात्तिकमा लगाएको उन्नत जातको मकै बारीबाटै बिक्री हुन थालेपछि टप्पुवासीले त्यसबाट राम्रो आम्दानी लिन थालेका हुन् । साइलेज घाँसका लागि हरियो मकै बारीबाटै बिक्री हुन थालेपछि बद्री राईले एक बिघा १० कट्ठाको दुधे मकै तीन लाखमा बिक्री गर्नुभएको छ । मकै पाकेपछि दाना बनाएर बेच्नभन्दा बोटै बेच्दा फाइदा भएको राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कात्तिकमा रोपेको मकै चैतमा मात्र तयार हुन्थ्यो । मकै पाक्नुभन्दा ढेड महिनाअगाडि नै खेतबाटै मकै बिक्री भएपछि मकै लगाउँदै आएको छु ।”
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु
प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ।
बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा
मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
विदेशी मुद्रा र सिक्का सटहीमा समस्या
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम सटहीमा समस्या भएको छ ।
विद्यालयमा सिसी क्यामरा
शैक्षिक गुणस्तर तथा व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विद्यालयमा सिसी क्यामरा जडान गर्न थालिएको छ।
सुनसरीका न्यायिक समितिको नयाँ अभ्यास
सुनसरीको स्थानीय तहका न्यायिक समितिहरू एकीकृत भएर नयाँ अभ्यास थालेको छ । जिल्लाका १२ स्थानीय तहका उपप्रमुखहरूको नेतृत्वमा रहेको न्यायिक समितिहरूको मासिक अभ्यास तथा अन्तर्क्रिया गरेर सिकाइ आदानप्रदान गर्ने नयाँ अभ्यासको थालनी गरेको हो ।
कुरूप बन्यो बहुप्राविधिक शिक्षालय
मर्मतसम्भार नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । वेलायत सरकारको सहयोगमा विसं २०४० मा स्थापना भएको यो शिक्षालयमा मर्मतसंभारको अभावमा जिर्ण बनेको हो ।
केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युतविहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् ।
अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो
जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । रु २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो ।
मेरिङ्देन गाउँपालिकाद्वारा खेलकुदका विजेतालाई सम्मान
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले खेलकुद प्रतियोगितामा विजयी बनेका खेलाडीलाई सम्मान गरेको छ।
फुङ्लिङ नगरपालिकामा ११७ जना भूमिहीन
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक सय सत्र जना भूमिहीन रहेको पाइएको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले फुङ्लिङ नगरपालिकामा मात्र उक्त सङ्ख्यामा भूमिहीन रहेका जनाएको हो ।
भोजपुरको याङपाङ्गमा स्थायी प्रहरी पोष्ट स्थापना
भोजपुरको पूर्वी अरुण गाउँपालिका–१ याङपाङ्गमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भीम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ तथा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एकसाथ रिबन काटेर प्रहरी पोष्टको उद्घाटन गर्नुभएको हो ।
जिल्ला अस्पताल भवन निर्माणको काम ठप्प
जिल्ला अस्पताल खोटाङको भवन निर्माणको काम ठप्प भएको छ । सम्झौता अनुसार गत पुसमा निर्माण सम्पन्न हुनुपर्ने ५० शय्याको अस्पतालको भवन ठप्प भएको हो ।
‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’
ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी सो दिक्तेलमा सुरु गरिएको छ ।
'राजनीतिक दलमा शङ्का र अविश्वास त्याग्नु हितकर हुन्छ'
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तन ठुलो विषय नभएको जनाउँदै राजनीतिक दलहरूमा कायम शङ्काउपशङ्का र अविश्वास त्याग्नु हितकर भएको बताउनुभएको छ ।
कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुस
मेरिङ्देनले जित्यो उपमेयर कप फुटबल उपाधि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको दोस्रो उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देनले उपाधि जितेको हो ।
सत्र करोडको संरचनामा साप्ताहिक हाट
मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा १७ करोड रुपियाँ लागतमा निर्माण भएको एकीकृत फलफूल तथा तरकारी थोक बजार सञ्चालनमा नआएपछि त्यहाँ साप्ताहिक हाट लाग्न थालेको छ । सङ्घीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो ।
कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै
लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।
सरकार र मिटरब्याज सङ्घर्ष समितिबीच चार बुँदे सहमति
सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।