कन्स्ट्रक्सनको ट्रक स्थानीयको नियन्त्रणमा
मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका कर्मचारी, क्रसरका सामानसहितको ट्रक र दुई वटा भ्यान नियन्त्रणमा लिएका थिए ।
बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।
भारतसँगको सिमानामा सशस्त्रको बिओपी स्थापना
सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ ।
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ताप्लेजुङमा
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
भाटभटेनीको २७ औँ स्टोर दमकमा
झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनमा आएको छ । जिल्लामा यो भाटभटेनीको दोस्रो स्टोर हो । बुधबारदेखि दमक –९ मा नयाँ स्टोर सञ्चालनमा आएको हो ।
ट्रक दुर्घटनामा चालक र सहचालक घाइते
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–सान्थाक्रा सडक खण्डमा ना ५ ख ३२७६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।
उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोशी प्रदेश सरकारको समन्वय
कोशी प्रदेश सरकारले उर्लाबारी आगलागीका घटनामा घाइते स्थानीयहरुको उपचार गरेका अस्पतालहरुलाई रकम भुक्तानी गर्ने निर्णय गरेको छ।
कोशी प्रदेशलाई मध्यावधिको डर
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलको असर प्रदेश सरकारहरुमा देखिन थालेको भए पनि संवैधानिक जटिलता र अनिश्चित गन्तव्यका कारण कोशी प्रदेशमा भने असर देखापरिसकेको छैन ।
हिमाली भेगमा सारिँदै भेडीगोठ
बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।
पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा ...
माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो ।
जोविरुद्ध आन्दोलन उसैलाई दुध
यतिबेला दुधको भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादन कृषक आन्दोलनमा छन् । विगत छ महिनायता कृषकले आफ्नो उत्पादनको मूल्य पाउन नसकेपछि दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध नाराबाजी र आन्दोलन गर्दै आएका छन् तर पनि उही संस्थानलाई नै दिनहुँ दुध बिक्री गर्न भने छोडेका छैनन् ।
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता
दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग ९युजिसी०बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन ९क्यूएए०को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ ।
बेलबारी सडक दुर्घटना: मृतकको सङ्ख्या चार पुग्यो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी सडक खण्डमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
धरान–इटहरी सडक निर्माण सुस्त गतिमा
कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।
घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ज्येष्ठ तथा अपाङ्ग नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गरिँदै आएको छ। ज्येष्ठ तथा अपाङ्ग नागरिकको घर–घरमा पुगेर उहाँहरुको निरन्तर स्वास्थ्य परीक्षण गरिएको हो
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै
ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो ।
फिदिमका उपभोक्तालाई ५० प्रतिशतमा विद्युतीय चुलो
उपभोक्तालाई सहजताका लागि भन्दै पाँचथरको फिदिम नगरपालिकाले अनुदानमा विद्युतीय चुलो उपलब्ध गराएको छ ।
माओवादी जनयुद्धका सहिद परिवारलाई सम्मान
ताप्लेजुङमा सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
रैथाने बाली प्रवर्द्धनमा जोड
ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।
लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव
आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याकथुङ-लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ ।
दुर्लभ पोथी चित्तलको उद्धार
झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ ।
स्वाइन फिभरको प्रकोपले बङ्गुर पालन घट्दै
झापाको कमल गाउँपालिकामा स्वाइन फिभरको प्रकोपका कारण बङ्गुर पालन घट्दै गएको छ । केही समयअघिसम्म सबैभन्दा आकर्षण बनेको बङ्गुर पालन व्यवसाय विभिन्न रोगको प्रकोपले अहिले घट्दो अवस्थामा रहेको जनाइएको छ ।
साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ
अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ ।भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो ।
प्याराग्लाइडिङ उडान नियमित गरिँदै
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तीन वर्षपहिलेबाट सुरु गरिएको प्याराग्लाइडिङका अभ्यास उडान आजभोलि उदयपुरका फरक फरक स्थानमा नियमित सञ्चालन हुँदै आएका छन् ।