• १६ भदौ २०८१, आइतबार

ट्रक दुर्घटनामा चालक र सहचालक घाइते

blog

मेरिङ्देन गाउँपालिकाको खाम्लुङमा दुर्घटना भएको ट्रक । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २३ गते ।
 ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–सान्थाक्रा सडक खण्डमा ना ५ ख ३२७६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन्  ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार बिहान १०ः३० बजे ट्रक दुर्घटना भएको हो । सो दुर्घटनामा परी ट्रकका चालक नुवाकोट जिल्ला घर भएका ३१ वर्षीय गोपी खड्की र धादिङ जिल्ला घर भएका सहचालक १७ वर्षीय रविन परियार घाइते हुनुभएको प्रहरी निरीक्षक लुङ्गीलेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घाइते दुवैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको छ । एसियन हाइड्रोपावर कम्पनीको सामग्री बोकेर सान्थाक्रातर्फ जाँदै गरेको ट्रक खाम्लुङमा दुर्घटना भएको हो । ब्रेक फेल भई दुर्घटना भएको र ट्रक सडकदेखि करिब १०० तल झरेको प्रहरीले जनाएको छ ।