ओखलढुङ्गामा दुई दिनमा चार घटना
ओखलढुङ्गामा दुई दिनको अवधिमा चार वटा घटना घटेका छन् । चार दिनमा मदिरा सेवनका कारण गर्भवतीको निधन, भीरबाट लडेर युवकको मृत्यु, जङ्गलको आगो बस्ती छिर्दा एक घर जलेर नष्ट हुनुका साथै मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कारको घटना भएका छन् ।
साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण
झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ ।
खानेपानी समस्या क्रमशः समाधान गरिने छ: मन्त्री राई
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
ट्राउट माछालाई बजार अभाव
उच्च क्षेत्रमा मात्र हुने रेम्बो ट्राउट माछाको लागि बजार अभाव हुँदा कृषक समस्यामा परेका छन् । लगानी बढी हुने भएकाले महँगो मूल्यमा बिक्री वितरण गर्नु पर्ने हुन्छ ।
गौतम सहित झापाका पाँच जना सहिदको सूचिमा
वि.सं २०२८ सालमा झापाको ज्यामिरगडीमा हत्या गरिएका कर्णबहादुर गौतम सहित झापाका पाँच जनालाई सरकारले सहिद घोषणा गरेको छ। पाँचै जनाको नाम शुक्रबार राजपत्रमा प्रकाशित गरी सहिद घोषणा गरेको हो ।
दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई आद्यान्न सहयोग
महाशिवरात्री तथा २६१ औं सेना दिवसको अवसरमा धनकुटाको भीमदल गणले ज्येष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ । भीमदल गणको आयोजना र लेडी जेसिज धनकुटाको सहआयोजनामा विश्रान्ती मन्दिरको आश्रमका ज्येष्ठ नागरिक खाद्यान्न वितरण गरिएको हो ।
सानिमा हाइड्रोपावरद्वारा महिला कर्मचारीलाई सम्मान
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्ना महिला कर्मचारीलाई सम्मान गरेको छ।
४ गण हेडक्वाटरलाई बाहिनीपति कप उपाधि
सशस्त्र प्रहरी सङ्गठनको पेसागत गतिविधि चक्रअन्तर्गत सुनसरीको बराह वाहिनी पकलीमा सञ्चालित वाहिनीपति कप सशस्त्र प्रहरी बल नेपाल ४ गण हेडक्वाटर सुनसरीले जितेको छ ।
नारी दिवसका दिन महिला श्रम गर्नमा व्यस्त
शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिला मजदुरी गर्न व्यस्त छन् । घर खर्च टार्ने आर्थिक व्यवस्थापनका लागि यहाँका महिला मजदुरी काममा व्यस्त भएका हुन् ।
प्रादेशिक ललितकला प्रदर्शनी हुने
कोशी प्रदेशको सुनसरीको इटहरीमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिने भएको छ ।
उद्यमी महिलालाई सम्मान
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रामधुनीनगर पालिका क्षेत्रका महिला उद्यमीहरूलाई सम्मान गरिएको छ । नगरपालिकाको सहयोगमा थारु महिला सभा रामधुनीको आयोजना र सेभ द अर्थ सुनसरीको समन्वयमा नगरक्षेत्रका १२ जना अग्रसर, नेतृत्वकर्ता महिलाहरूलाई सम्मान गरिएको हो ।
पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीको भिड
महाशिवरात्रिको अवसरमा दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर मन्दिर धारापानीमा पूजा आराधनाका लागि भक्तजन, साधुसन्त तथा दर्शनार्थीको भिड लागेको छ ।
कनकाई सिँचाइको नहरमा डुबेर वृद्धको मृत्यु
झापाको शिवसताक्षीमा एकजना वृद्धको नहरमा डुबेर मृत्यु भएको छ ।बिहीबार स्थानीय वडा नं ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।
अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना
गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन ।
फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रभावकारी बन्यो पालिकाको जेसिबी
आर्थिक वर्ष २०७९/८० मा साँगुरीगढी गाउँपालिकाले पालिकाभित्र बर्खाका कारण बन्द तथा भत्किएका सडक सरसफाइ गर्न करिब ५० लाख रुपियाँ खर्च ग¥यो । ५० लाख रुपियाँ खर्च गर्दा सामान्य भ
पाथीभराको सुनचाँदी लिलाम बिक्री गरिँदै
ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम बिक्री गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम बिक्री प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
फिदिम नगरपालिकालाई खरको छानो मुक्त बनाउने अभियान
पाँचथरको फिदिम नगरपालिले नगर क्षेत्रलाई खर र फुसको छानो मुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ।
आयोजक झापा–११ सेमिफाइनलमा
आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सामुदायिक विद्यालयका शिक्षकले अन्यत्र पढाउन नपाइने
झापाको कमल गाउँपालिकाले विद्यालय समयमा अन्यत्र पढाउने शिक्षकलाई कारबाही गर्ने भएको छ । विद्यालय समयपछि अन्य विद्यालयमा पढाउन पनि अनुमति लिएर मात्र जान पाउने भन्दै सामुदायिक विद्यालयहरूलाई परिपत्र गरेको हो ।
सिरियानाकामा खानेपानीको समस्या
हिउँदमा खोलामा पानी सुक्ने भएपछि राजपुर गाउँपालिका-१ सिरियानाका निवासी मनकुमारी पुनलाई खानेपानीको समस्याले सताउन थालेको छ ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
एमाले ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम साता
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशन वैशाख अन्तिम सातामा हुने भएको छ। एमाले जिल्ला कमिटी सचिवालय बैठकले वैशाख २४ र २५ मा १२ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।