• १६ भदौ २०८१, आइतबार

कनकाई सिँचाइको नहरमा डुबेर वृद्धको मृत्यु

blog

बिर्तामोड, फागुन २५ गते । झापाको शिवसताक्षीमा एकजना वृद्धको नहरमा डुबेर मृत्यु भएको छ ।बिहीबार स्थानीय वडा नं ६ स्थित धौले चोकबाट घरतर्फ जाने क्रममा कनकाई सिँचाइको नहरमा डुबेर ८४ वर्षीय केदारनाथ बुढाथोकीको मृत्यु भएको हो।

स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार बुढाथोकी धौली चोकबाट घरतर्फ पैदल जाने क्रममा   नहरमा चिप्लिएर पस्नुभएको थियो । स्थानीयवासीले नहरमा चिप्लिएर पसेको देख्नेबित्तिकै सिकिस्त अवस्थामा बुढाथोकीको उद्धार गरी  उपचारका लागि बिर्तामोडको बिर्ता सिटी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वृद्धको शवलाई  कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइने  इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताउनुभयो ।