• १६ भदौ २०८१, आइतबार

प्रभावकारी बन्यो पालिकाको जेसिबी

blog

हिले समाचारदाता 

हिले, फागुन २५ गते । आर्थिक वर्ष २०७९/८० मा साँगुरीगढी गाउँपालिकाले पालिकाभित्र बर्खाका कारण बन्द तथा भत्किएका सडक सरसफाइ गर्न करिब ५० लाख रुपियाँ खर्च ग¥यो । ५० लाख रुपियाँ खर्च गर्दा सामान्य भत्किएका सडक त सञ्चालन भए तर अलि बढी क्षति भएका सडक सञ्चालन हुन सकेनन् । सबै सडक सञ्चालन गर्न झन्डै अर्को बर्खासम्म नै पर्खनु प-यो तर यो वर्ष पालिकाले अघिल्लो वर्षकै हाराहारीका सडक सफा गर्न करिब पाँच लाख रुपियाँ डिजेल खर्च र छोटो समयमै सफल भयो । यो वर्ष छिटो र कम लागतमै सडक सफा गर्नुका कारण हो पालिका आफैँले जेसिबी खरिद गर्नु । 

यस वर्ष साँगुरीगढी गाउँपालिकाले जेसिबी खरिद गरी आफ्नो क्षेत्रको सडक बाह्रैमास सञ्चालन गर्ने उद्देश्यसहित सरसफाइ अभियान सुरु गरेको छ । सम्झौता गर्नु नपर्ने, उपभोक्ता समिति निर्माण गर्नु नपर्ने भएपछि यस वर्ष काम पनि छिटो मात्रै भएन, खर्चसमेत धेरै जोगियो । 

बर्खायाममा सडक पहिरो तथा हिउँदका बेला सुक्खा पहिरोले सडक अवरुद्ध हुने समस्या देखिएपछि जेसिबी खरिद गरेर सरसफाइ अभियान नै सञ्चालन गरिएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउनुहुन्छ । आफूहरूले जेसिबी खरिद गरी अभियान सुरु गरेपछि गाउँ गाउँका अधिकांश सडक हिउँदमै सञ्चालन गर्न सफल भएको उहाँ बताउनुहुन्छ । “हामीले अघिल्लो वर्ष बर्खामा बिग्रिएका सडक सुधारमा करिब ५० लाख रुपियाँ छुट्याएर काम सुरु गर्न भन्यौँ तर सबै सडक सञ्चालन हुन सकेनन् । यस वर्ष थारै लागतमा प्रायः सबै सडक सञ्चालनमा ल्याइसकेका छौँ,” अध्यक्ष राई भन्नुहुन्छ ।  

गाउँ गाउँमा सडक पुगे पनि बर्सेनि बर्खाले सडक बिगारिदिँदा सडक प्रयोग हुने अवस्थामा हँुदैनन् । त्यो सडक पुनः सफा गरेर सञ्चालन गर्न वर्षौं मात्र लाग्दैन, खर्च पनि लाखाँै लाग्छ तर धनकुटाका अधिकांश स्थानीय तह आफँैले डोजर खरिद गरेपछि यो समस्या केही हदसम्म समाधान भएको छ । साँगुरीगढी गाउँपालिकाको जस्तै धनकुटाको महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकासँग पनि आफ्नै जेसिबी छ । यी पालिकाले बर्खामा भत्किएको सडक सकेसम्म दसैँअगावै सफा गरिसक्छन् । सफा गर्न अलि समय लाग्ने सडक दसैँतिहारपछि सफा गरिन्छ । पालिकाको आफ्नै डोजर हुँदा र नहुँदा धेरैअन्तर हुने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय बताउनुहुन्छ । “डोजर नहँुदा बजेट छुट्याएर उपभोक्ता निर्माण समिति निर्माण गरी वा ठेक्का लगाएर काम गर्दा धेरै खर्च, धेरै समय लाग्ने मात्र नभई धेरै झन्झटिलो पनि हुन्छ । कतिपय स्थानमा त बजेट अभावका कारण सडक सरसफाइ गर्नै नसकिने अवस्था हुन्थ्यो तर अहिले आफ्नै डोजर भएपछि धेरै सहज भएको छ,” प्रमुख राय भन्नुहुन्छ ।

धेरैतिर सडक निर्माण भए पनि समयमा सफा गर्न नसक्दा सडक प्रयोग नहुने अवस्थामा छन् तर यी पालिकाका सडकमा त्यो समस्या छैन । यही कारण बिरामी पर्दा एम्बुलेन्स गाउँसम्म पुग्न, गाउँमा भएको कृषिजन्य उत्पादन सडकसम्म पु-याउन तथा दैनिक उपभोग्य सामग्री गाउँ गाउँ पु¥याउन निकै सहज हुने गरेको धनकुटाको चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ बताउनुहुन्छ । “डोजर बाटो खुलाउन मात्र नभई बाढीपहिरो, आगलागी जस्ता विपत् पर्दासमेत धेरै उपयोगी हुने गरेको छ,” अध्यक्ष चेम्जोङ भन्नुहुन्छ ।