• १६ भदौ २०८१, आइतबार

पाथीभराको सुनचाँदी लिलाम बिक्री गरिँदै

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, फागुन २५ गते । ताप्लेजुङको पाथीभरामा हालसम्म सङ्कलित सुनचाँदी लिलाम  बिक्री  गरिने भएको छ । पाथीभरामा हालसम्म सङ्कलन भएको १७८ तोला सुन र पाँच हजार तोलाभन्दा बढी चाँदीको लिलाम  बिक्री  प्रक्रीया सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भक्तजनले चढाएको शुद्ध अर्थात् एक नम्बर सुन १७८ तोला ८२ लाल र पाँच हजार २९८ तोला १२ लाल असली चाँदी बिक्रीको प्रक्रीया अघि बढाइएको हो । 

गत मङ्सिर १६ सम्म पाथीभरामा सङ्कलन भएको सुनचाँदी बिक्री गर्न लागिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार लिलाम बिक्रीको प्रव्रिmया सुरु भएसँगै सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपियाँ कायम गरिएको छ । उक्त तोकिएको मूल्यमा सुन र चाँदी खरिद गर्नका लागि इच्छुक व्यक्ति वा फर्मलाई समितिले आह्वान गरेको छ ।

सुनचाँदी बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । अध्यक्ष थेबेका अनुसार सुनचाँदी लिलाम बिक्रीका लागि समितिले बोलपत्र आह्वान गरेको छ । पाथीभरामा भक्तजनले चढाएका सुनका गरगहना र चाँदीका सामग्री प्रशोधन गरी शुद्ध बनाएर समितिले बिक्रीको प्रक्रीया अघि  बढाएको हो ।