• २३ वैशाख २०८१, आइतबार

आयोजक झापा–११ सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै झापा–११ र मकवानपुरका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का 

बिर्तामोड, फागुन २४ गते । आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापाले एन्फा मकवानपुरलाई ५–१ गोलले हरायो ।

झापाको जितमा आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष् चापागाईँले गोल गर्नुभयो । मकवानपुरले दोस्रो हाफको अन्तिमतिर सान्त्वना एक गोल फर्काएको थियो । झापाका  समिराज थोकर म्यान अफ दि म्याच हुनुभयो । उहाँले ११ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

सेमिफाइनलमा झापा–११ ले शनिबार चर्च ब्वाइजसँग खेल्नेछ । शुक्रबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार पाउनेछ ।