• १६ भदौ २०८१, आइतबार

भाटभटेनीको २७ औँ स्टोर दमकमा

blog

भाटभटेनीको २७ औं स्टोरको उदघाटन गर्नुहुँदै गुरुङ ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २३ गते । झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनमा आएको छ । जिल्लामा यो भाटभटेनीको दोस्रो स्टोर हो । बुधबारदेखि दमक –९ मा नयाँ स्टोर सञ्चालनमा आएको हो ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्टोरको आफै उद्घाटन गर्नुभयो । एक अर्ब ५० करोड बढी लगानीमा निर्माण गरिएको यो स्टोर कोशी प्रदेशको पाँचौँ स्टोर भएको उहाँले जानकारी दिनुभयो । 

आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूर्ण ऊर्जा देशमै लगाएको उहाँको भनाइ छ । उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराउने आफूहरूको उद्देश्य रहेको गुरुङले बताउनुभयो । भाटभटेनी व्यवसाय मात्र नभई यो रोजगारी अभियान पनि हो, उहाँले भन्नुभयो । 

यो स्टोरले मात्र स्थानीय तीनसय जनालाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनुभयो । स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेट गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूटवेर, फूडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किड्स जोन तथा स्केटपार्क लगायतका सुविधाहरू छन् ।