बेलबारी दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
बिक्दैन अनुसन्धान केन्द्रकै बिउ
कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्षित गरी करिब ४.५ टन गुणस्तरीय गहुँको बिउ उत्पादन गरेको थियो तर उत्पादन भएकोमध्ये आधा मात्र गहुँको बिउ खपत भयो । आधा के
ट्रिपरले जिपलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा दुई जनको मृत्यु भएको छ ।
विद्यालयको निगरानी मोबाइलबाट
फिदिम नगरपालिकाको सभा हलमा मङ्गलबार सार्वजनिक कार्यव्रmम चलिरहेको थियो । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आमन्त्रित अतिथि अग्रभागमा हुनुहुन्थ्यो ।
छयालिस देशको मुद्रा सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार अमेरिकी डलरसहित ४६ भन्दा बढी देशको विदेशी मुद्रा सङ्कलन भएको हो । भेटी रकमका रूपमा सङ्कलन भएको विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । यस्तै इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ । कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार
वाइएफसी फाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कैदीबन्दीको बिलौना : ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो
जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् ।
पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै
सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ ।
दुधको रकम भुक्तानी माग गर्दै चक्काजाम
दुग्ध उत्पादन जिल्ला सहकारी सङ्घ धनकुटाको संयोजनमा भेला भएका कृषकले भुक्तानीको माग गदै नारावाजी समेत गरेका छन् ।
गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा. रुइत
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिनुभयो ।
विराटनगरबाट ‘माउन्टेन’ उडान सुरु हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ ।
कनकाईमा कला र संस्कृति साहित्य महोत्सव
झापाको कनकाई नगरपालिकामा कला, संस्कृति तथा साहित्य महोत्सवमा देशभरका साहित्यकारहरुको जमघट भएको छ ।
त्रियुगा पुलको निर्माण तीव्र
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ ।
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन ।
अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमललाई
झापाको शिवसताक्षी नगरपालिकामा भएको झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।
फुर्दिकु शेर्पाको स्वास्थ्यमा सामान्य सुधार
खोटाङ–दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका –१३, नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्य स्थितिमा सामान्य सुधार आएको छ ।
देश बनाउन इमान्दारिता र सुशासन चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सुशासन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा एमालेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
विवाईसी सेमिफाइनलमा
झापाको भुटानिज रिफ्युजी क्लब (विवाईसी) बेलडाँगी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुन्दर चौबिसे
पूर्वको पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
फुङ्लिङमा निःशुल्क आँखा शिविर
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबारदेखि आँखा शिविर सुरु भएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको हो ।
सडक दुर्घटनामा युवतीको मृत्यु
ओखलढुङ्गाकी १९ वर्षीय सम्झना राईको काठमाडौँमा भएको सडक दुर्घटनामा ज्यान गएको छ । मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साकी १९ वर्षीय राईको काठमाडौँ महानगरपालिका–६ बौद्ध प्रहरी वृत्त अगाडि भएको सडक दुर्घटनामा ज्यान गएको हो ।
अख्तियारमा २४ हजार उजुरी, १६२ मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले बुधबार मोरङको कानेपोखरीमा स्थानीय तहको सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।
‘सीप भएमा खाली हात बस्नु पर्दैन’
न रोजेर पाइन्छ न खोजेर पाइन्छ, श्रम गर्न सीप नै चाहिन्छ भन्ने भनाइलाई वराहक्षेत्र–९ सोह्र नम्बरका ४६ का धनबहादुर राईले व्यवहारमा उतार्नु भएको छ ।
संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा
संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।