• २२ वैशाख २०८१, शनिबार

विवाईसी सेमिफाइनलमा

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दे झापा र धरानका खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी ,फागुन १६ गते । झापाको भुटानिज रिफ्युजी क्लब (विवाईसी) बेलडाँगी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा विवाईसीले फेयर फुटबल क्लब धरानलाई ३–१ गोलले हरायो ।

एकपक्षीय खेलमा विवाईसीका लागि डेभिडले सातौँ ६९औँ मिनेटमा दुई गोल गर्नुभयो । वर्तमान राईले ३४औँ मिनेटमा एक गोल गर्नुभयो । धरानका लागि सुवास तामाङले ७५औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

विवाईसीका डेविड म्यान अफ दि म्याच हुनुभयो । उहाँलदे तीन हजार रुपियाँ पुरस्कार पाउनुभयो । बिहीबार सेमिफाइनलमा कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडी भारत र आयोजक यूथ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।