सन्तोष सुवेदी
पाख्रीबास, असार ८ गते । धनकुटा रहेर संचारमाध्यममार्फत मानव अधिकारको पक्षमा कलम चलाएको भन्दै दुईजना पत्रकारलाई सम्मान गरीएको छ ।
आइतबार १५ औं अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरका मानव अधिकारको लागि महिला, एकल महिला समूूह कोशी प्रदेश, धनकुटाले सम्मान गरेको हो ।
सम्मानित हुनेमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रदेशिक प्रसार केन्द्र धनकुटामा कार्यरत सरिता बराईली राई र नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष तथा नेपाल टेलिभिजन धनकुटा संवाददाता विदुर खवास रहनुभएको छ ।