• २२ वैशाख २०८१, शनिबार

वाइएफसी फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी ,फागुन १७ गते । आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा  प्रवेश गरेको छ । भारत पश्चिम बङ्गालको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई २–१ गोलले हराउँदै आयोजक वाइएफसी फाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको सातौँ मिनेटमा वाइएफसीका लागि ग्लोरीले पहिलो गोल गर्नुभयो । तर, आयोजक वाइएफसीको अग्रता ६ मिनेट पनि टिक्न सकेन । कञ्चनजङ्घाका अभिषेक दर्जीले ११औँ मिनेटमा गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा लग्नुभयो । 

५८औँ मिनेटमा आयोजक वाइएफसीका योमीले निर्णायक गोल गर्दै फाइनल यात्रा सुनिश्चित गराउनुभयो । मेन अफ दि म्याच योमी घोषित हुनुभयो । उहाँले तीन हजार रुपियाँ पुरस्कार पाउनुभयो । शुक्रबार भुटानिज यूथ क्लब बेलडाँगी झापा र बेलबारी फुटबल क्लब मोरङबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।