‘सीप भएमा खाली हात बस्नु पर्दैन’
न रोजेर पाइन्छ न खोजेर पाइन्छ, श्रम गर्न सीप नै चाहिन्छ भन्ने भनाइलाई वराहक्षेत्र–९ सोह्र नम्बरका ४६ का धनबहादुर राईले व्यवहारमा उतार्नु भएको छ ।
संस्कृति जोगाउन माझी समुदायले मनाए लदी पूजा
संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।
कोशीमा बढ्यो गाँजा ओसारपसार धन्दा, माघयता दुई हजार किलो बरामद
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।
सहकारीको भल्ट फुटाएर चोरी
मोरङको लेटाङ-२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट गए राति १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको छ।
ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताउनुभएको छ । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँको भनाइ थियो ।
बिर्तामोड उवासङ्घको निर्वाचनमा न्यौपाने विजयी
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित हुनुभएको छ । मतगणनाको बुधवार अन्तिम मतपरणिाम अनुसार राजु न्यौपानेले २ हजार २२५ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
‘मानव–हात्ती सहअस्तित्वको नीति अपनाइन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती आतङ्क नभएर आम्दानीको स्रोत भएकाले मानव–हात्ती सहअस्तित्वको नीति बनाएर कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विद्यालय बन्द भएपछि भारत जान्छन् विद्यार्थी
सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो ।
शाकाहारी गाउँको शताब्दी यात्रा
एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार नपाकेको सुनाउनुभयो । त्यो मात्र होइन; घरमा राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छीको बासस्थान नै छैन । उहाँले थाहा पाएदेखि नै न घरमा माछामासु भित्रिन्छ न त घरमा गोठ वा खोर बनाइएका छन् । भरतलालको घरअगाडि तुलसीको मठ छ । मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएका सेता रङका ध्वजा छन् ।
वाईएफसी सेमिफाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाईएफसी ) पथरीशनिश्चरे छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घोराहीमा मोही किसानको खाली खुट्टा विरोध प्रदर्शन
स्वर्गद्वारी आश्रमको जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानले घोराहीमा बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् ।
बालबालिकाको सिकाइ प्रभावकारी बनाउन टेलिभिजन वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको छ ।
मुद्दा दर्ता भएपछि माओवादी नेता पुरीद्वारा राजिनामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेपछि नेकपा (माओवादी केन्द्र) कोशीका कोषाध्यक्ष गगन पुरीले पदबाट राजिनामा दिनुभएको छ ।
एक गाग्री पानी ल्याउन डेढ घण्टा
माङसेबुङ गाउँपालिका-६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ ।
इलाम–२ मा सुरु भयो चुनावी चर्चा
निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् ।
झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
बिरामी हैन गाँजा बोक्ने एम्बुलेन्स
एम्बुलेन्सले यति वेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरी गढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ ।
छ दिनदेखि टोड्कामा बसेर तपस्या
मोरङको मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहनुभएको छ । घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उहाँ ध्यानमग्न हुनुहुन्छ । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ । त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उहाँ तपस्यामा हुनुहुन्छ । रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा हुनुहुन्थ्यो । ११ बजे सञ्चारकर्मीको टोली पुग्दा पनि उहाँ स्थिर रूपमा ध्यानमा मग्न भेटिनुभयो ।
पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र
धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ ।
आत्मनिर्भर बन्न सीप सिक्दै महिला
ताप्लेजुङमा महिलाहरु आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । आत्मनिर्भर बन्नलाई उद्यमी हुनुपर्ने र उद्यमी बन्नका लागि सीप चाहिने भएपछि पछिल्लो समय महिला धमाधम सीप सिक्न थालेका हुन् ।
दुर्घटनामा एकको मृत्यु
झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पाँचथर गोल्डकप : बागमती सेमिफाइनलमा
प्रतिस्पर्धी पथरी फुटबल क्लब मोरङलाई हराउँदै बागमती युवा क्लब फिदिममा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।