• २२ वैशाख २०८१, शनिबार

वाईएफसी सेमिफाइनलमा

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

हरि कोइराला 

उर्लाबारी, फागुन १५ गते । आयोजक यूथ फुटबल क्लब (वाईएफसी ) पथरीशनिश्चरे छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार भएको खेलमा यूथ फुटबल क्लबले डाँगिहाट फुटबल क्लब बेलबारीलाई १–० गोलले हरायो । यूथको जितमा अङ्कित लिम्बूले ४१औँ मिनेटमा गोल गर्नुभयो । यूथका युकेस तामाङ म्यान अफ दि म्याच घोषित हुनुभयो । बुधवार धरानको फेयर  फुटबल क्लब र  बेलडाँगी यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।