• २४ वैशाख २०८१, सोमबार

पाँचथर गोल्डकप : बागमती सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइँटेल

फिदिम, फागुन १४ गते । प्रतिस्पर्धी पथरी फुटबल क्लब मोरङलाई हराउँदै बागमती युवा क्लब फिदिममा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमतीले मोरङलाई टाइब्रेकरमा ४–१ गोलले हरायो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा बागमतीका निर्मल बल, अनिल राना मगर, अभि लामा र देव गुरुङले गोल गर्नुभयो ।

पथरीका निरोज परियारले मात्रै गोल गर्न सक्नुभयो । बागमतीका गोलरक्षक रौनक चौलागाँई म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पाउनुभयो । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।