• १६ भदौ २०८१, आइतबार

फिदिमका उपभोक्तालाई ५० प्रतिशतमा विद्युतीय चुलो

blog

उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्दै फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावती । तस्बिर : राधा लुइँटेल

राधा लुइँटेल
फिदिम, फागुन २२ गते । 
उपभोक्तालाई सहजताका लागि भन्दै पाँचथरको फिदिम नगरपालिकाले अनुदानमा विद्युतीय चुलो उपलब्ध गराएको छ ।

नगरपालिकाले यस पटक ५० प्रतिशत अनुदानमा विपन्न, दलित र अल्पसङ्ख्यक नागरिकलाई लक्षित गरी विद्युतीय चुलो उपलब्ध गराएको हो ।

गृहिणीहरूको स्वास्थ्यमा सहजता ल्याउँदै वातावरण संरक्षणमा टेवा दिन भन्दै नगरपालिकाले नागरिकलाई विद्युतीय चुलो वितरण गरेको हो ।

नगरप्रमुख मित्रप्रसाद काफ्लेले इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्यासको खपत घटाउने उद्देश्य रहेको बताउनुभयो ।

फिदिम नगरपालिकामा १४ वटा वडा छन् । नगरपालिकामा सबैभन्दा धेरै विद्युतीय चुलोको माग वडा नम्बर ४ बाट आएको छ । जहाँबाट १२८ जनाले चुलो माग गर्दै आवेदन दिएको सो वडाका अध्यक्ष उपेन्द्र लावतीले बताउनुभयो ।

चुलो वितरण सुरुवात गर्नुहुँदै नगरप्रमुख काफ्लेले अनुदानमा प्राप्त गरेका विद्युतीय चुलो सही ढङ्गबाट उपयोग हुने विश्वास गर्नुभयो ।

यस वर्ष करिब एक हजार उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्ने लक्ष्य नगरपालिकाको छ । तीन हजार ८४२ रुपियाँ मूल्यको उक्त चुलो नगरपालिकाले उपभोक्तालाई एक हजार ९२१ रुपियाँमा उपलब्ध गराएको बताइएको छ ।