ओखलढुंगा, चैत ११ गते । धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवर बाटो अबको केही महिनापछि जोडिने भएको छ ।
ओखलढुंगा, मोलुङ एकवार सडकको सुनकोशी वडा ८ काउछे र सुनकोशीकै वडा नं. ८ कै अधेरी विचको करिब ३ कि. मि. बाटो जोड्न बाँकी छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका रामहरि खतिवडा मोलुङ एक वार सडकको निरीक्षण गर्नुभएको छ ।
खतिवडाले मोलुङ एकवर बाटो पूरा भएन भने आफू ओखलढुंगामा उम्मेदवार नहुने दाबी गर्नुभयो ।
कामको सुरुवात भएको छ मलाई पूरा आशा छ निर्माण कम्पनीले यो बाटो समयमै सम्पन्न हुने कुरामा आफू ढुक्क भएको बताउनु भयो । यो बाटोमा विस्फोटक पदार्थको आवश्यक भए पनि सिफारिस गरेर पठाउन जिल्ला प्रमुखलाई निर्देशन दिनुभएको छ ।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनीको १ करोड ७५ लाख रकम भुक्तानी गरी काम सम्पन्न गर्नलाई श्रोत सुनिश्चित भएर जति काम हुन्छ त्यसको भुक्तानी हुने गरी काम सुरु भएको हो ।