• १२ वैशाख २०८२, शुक्रबार

सल्लेरी व्यारेक परिसरमा बृक्षारोपण

blog

नेपाली सेनाको भीमदल गण सल्लेरी व्यारेक परिसरमा बृक्षारोपण गरिदै ।

कोकिला भण्डारी

धनकुटा, चैत १० गते । धनकुटास्थित नेपाली सेनाको भीमदल गण सल्लेरी ब्यारेक परिसरमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । धनकुटा नगरपालिका ४ सल्लेरीस्थित तैनाथ रहेको नेपाली सेना श्री भीमदल गणको हाताभित्र खाली रहेको जमिनमा शनिबार बृक्षारोपण गरेको हो ।

धनकुटाको जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुली, जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, डिभिजन वन कार्यालय धनकुटाका डिभिजनल वन अधिकृत भरतबावु श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रउ श्यामसिंह चौधरी, सप्रबल नेपाल नं ६ गुल्म हेडक्वाटरका सप्रनाउ सुदनप्रसाद भारती, भीमदल गणमा कार्यरत अधिकृत, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवासलगायतको सहभागितामा बृक्षारोपण गरिएको भीमदल गणका मेजर मुकुन्द न्यौपानेले जानकारी दिनुभयो ।

सो अवसरमा जामुन, अमला, तेजपात, चिउरी, सल्ला, कल्कीलगायत प्रजातिका करिव २०० विरुवाहरु बृक्षारोपण गरिएको गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताउनुभयो ।