काठमाडौँ, वैशाख ११ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । बैठक बिहानदेखि नै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा शुक्रवारबाट सञ्चालन हुने बजेट अधिवेशनमा पार्टीको प्रस्तुति, समसामयिक राजनीति, शिक्षकहरूको प्रदर्शन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा शुक्रवारदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।
सङ्घीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयकलगायतका महत्त्वपूर्ण विधेयकहरूमा संसद्मा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।