• १३ साउन २०८१, आइतबार

भिरबाट लडेर लिम्बूको मृत्यु

blog

कोकिला ढकाल

इलाम, चैत १२ गते । इलाम नगरपालिका–१०, गोदककी एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ । बारीमा मल बोक्ने क्रममा भिरबाट लडेकी ३१ वर्षीया ऋतु लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।