• २२ वैशाख २०८१, शनिबार

तेस्रो हिले उत्सवको तयारी

blog

हिले उत्सवको बारेमा जानकारी दिँदै आयोजक ।

कबिराज घिमिरे 

हिले, चैत १८ गते । आगामी चैत्र २३ गतेदेखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । हिलेस्थित खेल मैदानमा उत्सव हुन लागेको हो । 

उत्सवमा फुटबल, भलिबल, राष्ट्रिय कलाकारको प्रस्तुति, खानाका स्टल, घरेलु उत्पादनका स्टल बाल उद्यान आदि रहने छ । हिले फुटबल क्लब र भलिबल क्लबको आयोजनामा हिलेमा खेलकुद सहितको पहिलो पटक उत्सव हुन लागेको हो । प्रत्येक वर्ष बेग्लाबेग्लै हुँदै आएको फुटबल र भलिबललाई समेत समावेश गरी उत्सव हुन लागेको को हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो । 

उत्सव २१ दिनसम्म सञ्चालन हुनेछ । करिब ८० लाख रुपियाँ खर्च लाग्ने सो उत्सवमा स्थानीय पालिका प्रयोजक, स्टल बुकिङ तथा कलाकारको टिकट बिक्रीबाट खर्चको जोहो गरिने हिले फुटबल क्लबको अध्यक्ष राजु तामाङले जानकारी दिनुभयो ।