• १२ साउन २०८१, शनिबार

बिर्तामोडमा एक महिला मृत फेला

blog

लीलाराज खड्का 

बिर्तामोड, वैशाख २ गते  ।  झापाको बिर्तामोड नगरपालिका  – १ स्थितअदुवा पुल नजिकै शनिवार राती ९ बजेको समयमा  एक महिला  मृत अवस्थामा  फेला परेकी छन् । 

झापा मेचीनगर  नगरपालिका १  की ३५ वर्षीया सुनीता मर्डी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतक राजवंशी कवाडीको काम गर्दै आइरहेको र उनको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।