• १३ साउन २०८१, आइतबार

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री

blog

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै । तस्बिर : जयकृष्ण यादव ।

जयकृष्ण यादव 

इनरुवा, चैत २८ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । गाउँपाकिलाले कृषिमा आधुनिकिकरण, यान्त्रिकिरण गर्नका लागि सिचाई मोटर, कोदालो, विषधी छर्ने पावर स्प्रेयर लगायतका कृषि सामग्री हस्तान्तरण गरेको हो । 

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूको माग र आवश्यकतालाई ध्यानमा राखेर कृषि सामग्री तथा कृषि औजार वितरण गरेको जानकारी दिनुभयो । गाउँपालिकाको आफ्नो बजेट, नीति तथा कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०८०-०८१ मा विभिन्न कृषि सहकारी संस्था, कृषि समूह र कृषि फर्ममार्फत किसानहरूलाई कृषि सामग्री वितरण गर्ने योजना अनुसार कृषि औजार र सामग्री वितरण गरेको आजादले जानकारी दिनुभयो । 

पछिल्लो पटक भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित शान्तेश्वर कृषि सहकारी संस्था लिमिटेडमार्फत् कृषि सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा संस्थाका सेयर सदस्यहरूलाई ५० प्रतिशत अनुदान कृषि सामग्री र औजार हस्तान्तरण गरेको जनाएको छ ।