• २० वैशाख २०८१, बिहिबार

सडेको अवस्थामा शव फेला

blog

हरि कोइराला
उर्लाबारी, वैशाख ५ गते । मोरङको लेटाङ–१ को जङ्गलमा एक जनाको शव फेला परेको छ । लेटाङ –१ को कात्तिके भन्न ठाउँ नजिकै सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लेटाङ–१ का वडाध्यक्ष विष्णु मगरसहित इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोली घटनास्थलमा पुगेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक भीमलाल ओलीले शव नचिनिने अवस्थामा रहेकाले पहिचान हुन नसकेको बताउनु भयो ।

कोही मानसिक सन्तुलन गुमेको व्यक्ति हुन सक्ने प्रहरीको प्रारम्भिक भनाइ छ । तर अनुसन्धान नगरी यसै भन्न सकिन्न उहाँले भन्नुभयो । शवलाई पोष्टमार्टमका लागि उर्लाबारी–३ स्थित मदन भण्डारी ट्रमा सेन्टरमा पठाइएको छ ।