• २४ वैशाख २०८१, सोमबार

भोजपुर गोल्ड कप : चर्च ब्वाइज सेमिफाइनलमा

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, वैशाख ११ गते । चर्ज ब्वाइज युनाइटेड क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सदरमुकामस्थित कोदार रङ्गशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले आयोजक जिल्ला फुटबल क्लब भोजपुरलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा चर्च ब्वाइजले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो ।

चर्च ब्वाइजको जितमा डिका, आवोयोमी र नवीन लामाले गोल गर्नुभयो । नवीन लामा म्यान अफ दि म्याच हुनुभयो ।