• २७ वैशाख २०८१, बिहिबार

इलाममा २० प्रतिशत मत खस्यो

blog

इलाम नगरपालिका– १ को नेपालटार माविमा रहेको मतदान केन्द्र । तस्बिर: कोकिला

कोकिला ढकाल 

इलाम, वैशाख १५ गते । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले दश बजे सम्ममा २० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको भए पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । 

अघिल्लो निर्वाचनमा जस्तो मतदान केन्द्रहरूमा यो पटक मतदाताको उपस्थिति बाक्लो भने देखिएको छैन । सदरमुकाम सहित आसपासका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति निकै कम रहेका छन् । इलाम–२ मा यो निर्वाचनका लागि एक लाख १५ आठ ८९ मतदाता सङ्ख्या रहेको छ ।