• २५ वैशाख २०८१, मङ्गलबार

‘कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक’

blog

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री राम कुमार खत्री ।

मोरङ, वैशाख १४ गते । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । 

पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाडौँद्वारा आयोजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरण गोष्ठीको उदघाटन गर्दै उहाँले कृषि क्षेत्रमा प्रविधि र व्यावसायिकीकरण गर्न आवश्यक छ भन्नुभयो । उहाँले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ व्यावसायिक र कर्मचारीहरुको हितमा रहेको जनाउँदै कर्मचारी र व्यवसायीकको माग आगामी दिनमा सम्बोधन हुँदै जाने बताउनुभयो । 

परिषदका उपाध्यक्ष जनकबहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताउनुभयो । परिषदका अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव लेखराज डा.लेखराज दाहाल ऐनले पाठ्यक्रम परिमार्जन, परीक्षा सञ्चालन, अनुगमन, आचारसंहिता पालन तथा अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । परिषदका रजिष्ट्रार पूर्णबहादुर बुढाले ऐनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारी एवम् व्यवसायीहरुको सहभागिता थियो । रासस