• ८ जेठ २०८१, मङ्गलबार

सुहाङलाई ६ हजार ४१२ मतको अग्रता

blog

कोकिला ढकाल

इलाम, वैशाख १७  गते । इलाम –२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४१२ मतले अग्रता लिनुभएको छ । पछिल्लो परिणामअनुसार उहाँले २१ हजार ९६७ मत प्राप्त गर्नुभएको छ । 

कांग्रेसका डम्बरबहादुर खड्काले १५ हजार ५५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार १०५ मत पाउनुभएको छ । रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको ३ हजार ७५३ मत आएको छ । 

अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माइ नगरपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिका १ र २ को मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म ५३  हजारभन्दा बढी मत गणना सम्पन्न भएको छ ।