• ८ जेठ २०८१, मङ्गलबार

भ्यान दुर्घटना हुँदा एकको मृत्यु

blog

कोकिला ढकाल
इलाम, वैशाख १९  गते । 
मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान झापाबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान अनियन्त्रित भई राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिहान ५ बजे भएको दुर्घटनामा अन्दाजी २४/२५ वर्षको एक पुरुष मृत आवस्थामा फेला परेको डिएसपी प्रकाश जबेगूले बताउनुभयो । भ्यानमा कति सवार थिए भन्ने केही खुल्न सकेको छैन । अहिले थप प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।